Logo

एनआईसी एसिया बैंकद्वारा कर्णाली प्रदेशका ८ जना विद्यार्थीलाई छात्रवृत्ति

एनआईसी एसिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीलाई २ लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरूको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द्वपीडित विद्यार्थीहरूलाई प्रदान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीरनाथ पाण्डेले बताए ।
बैंकले मुलुकभर फैलिएको आफ्नो १ सय ९२ वटा शाखा कार्यालयमार्फत देशका विभिन्न स्थानहरूमा सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरूमा सहयोग गरिरहने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमहरूले अन्य संघ–संस्था तथा व्यक्तिहरूलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरूमा योगदान पु¥याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्