बृज सिमेन्टको ब्रान्ड एम्बेसडरहरू «

बृज सिमेन्टको ब्रान्ड एम्बेसडरहरू

बृज सिमेन्ट इन्डस्ट्रिजले मिस नेपाल–२०१७ निकिता चाण्डक, विश्व अल्ट्रा धावक मीरा राई जसले युरोपियन म्याराथन १०२ किलोमिटरमा महिला सहभागिमा पहिलो तथा समग्रमा दोस्रो भई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा आप्mनो ऊर्जाको विकल्प नभएको प्रतिभा र योगदान प्रस्तुत गरिसकेकी छिन्, साथै साइकलको व्यारेल चलाउँदै विश्वका १५० देश परिक्रमा गर्ने साहसिक व्यक्तित्व पुष्कर शाह, विश्वको सर्वोच्च शिखर सगरमाथा २१ औं पटकसम्म चुमेर विश्वकीर्तिमान कायम गर्न सफल कामिरिता शेर्पालाई ब्रान्ड एम्बेसडरका रूपमा लिएको छ ।
बृज सिमेन्ट इन्डस्ट्रिज केडिया अर्गनाइजेसनअन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्बिनी(रुपन्देहीजिल्ला) माअवस्थित छ । बृज सिमेन्ट उद्योगले पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दैै आइरहेको छ ।
कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) मा बृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्छ भने, पीपीसी सिमेन्टअन्तर्गत बृज, जम्बो, लक्ष्मी, बृज गोल्ड, बृज सुपरकिंग्स र स्र्माट सिमेन्ट ब्रान्डहरू उत्पादन गर्छ र पीएससी सिमेन्टअन्तर्गत बृज सुपर पावर ब्रान्ड उत्पादन गर्छ । यसभन्दा अगाडि चर्चित युवा फुटबल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेट जगतका चर्चित खेलाडी एवं टिम क्याप्टेन शरद भेसवाकर, नेपालको मनाङ तथा मुस्ताङलाई वायरलेस इन्टरनेटबाट जोडी सूचना प्रविधिमार्फत परिचित गराउने नेपालको पहिलो व्यक्तित्व एवं एसियाको नोबेल पुरस्कारको नामले चिनिने म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा विभिन्न सामाजिक क्षेत्रमा कार्यरत सन् २०१६ को मिस नेपाल अस्मी श्रोष्ठसहित ४ जनालाई बृज सिमेन्टले एसोसिएट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्