साताभर नेप्से ५४ अंकले बढ्यो «

साताभर नेप्से ५४ अंकले बढ्यो

साताभर नेप्से ५४ अंकले बढ्योसाताभर नेप्से ५४ अंकले बढ्योकाठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७६३३ कारोबारबाट एक अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरका ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १०.१७ प्रतिशतले घटेको हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७५२२ कारोबारबाट एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबरका ५८ लाख ९५ हजार ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५४.१५ अंकले बढेर अन्तिम दिन १२५०.३९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.२ अंकले बढेर २६६.८९ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (७ करोड ६७ लाख ३० हजार रुपैयाँ) को आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ५० हजार कित्ता) को आधारमा भने जनता बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२११५ वटा) को आधारमा राधी विद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्