Logo

बूढीगण्डकी सम्झौता खारेज सनकको भरमा ः बाम गठबन्धन

बाम गठबन्धनले सरकारले बूढीगण्डकी आयोजनाकोे चिनियाँ कम्पनीसँगको सम्झौता सनकको भरमा खारेज गरेको आरोप लगाएका छन् । गठबन्धनमा रहेका एमाले र माओवादीका अध्यक्षले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै सरकरले सम्झौता सनकको भरमा खारेज गरेको भन्दै आफ्नो सरकार आएपछि सम्झौता ब्युँताउने संकेत गरे ।
कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी गेजुवालाई दिइएको आयोजना निर्माणको ठेक्का खारेज गरेको थियो । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले सरकारले सनकका भरमा बूढीगण्डकी आयोजनाको निर्माण ठेक्का खारेज गरेको आरोप लगाए । शेरबहादुर देउवा नेतृत्वको सरकार म्यादी भएको भन्दै उनले चुनाव गराउन केन्द्रित हुनुपर्ने कामचलाउ सरकारले सनकका भरमा निर्णय लिएको बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि चिनियाँ कम्पनीलाई दिने निर्णय गरिएको बूढीगण्डकी आयोजनाको सम्झौता खारेज गर्नु राष्ट्रहित विपरीत भएको बताए । “हामी पनि सरकारमै छौं । किन मलाई नसोधी खारेज गरियो ?” उनको प्रश्न थियो । कांग्रेसकै समर्थनमा दाहाल प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने सम्झौता भएको थियो । तत्कालीन संसद्को सार्वजनिक लेखा समिति र कृषि तथा जलस्रोत समितिले सम्झौता पारदर्शी नभएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्