नेपालमा लगानी बढाउन भारतीय लगानीकर्तालाई आग्रह «

नेपालमा लगानी बढाउन भारतीय लगानीकर्तालाई आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय व्यापारीलाई नेपालमा लगानीको लागी आग्रह गरेका छन् । मित्रराष्ट्र भारतको तीन दिने राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक सस्थाहरूले नया दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरम बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तनपछि बलियो सरकार बनेको जानकारी दिदै निर्धक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् ।
भारतीय निजी क्षेत्रका प्रतिनिधि सस्थाहरू भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचेमले संयुक्त रूपमा आज आयोजना गरेको कार्यक्रमलाई आफनो भारत भ्रमणको पहिलो दिन शुक्रबार ताज होटलमा संवोधन गर्दै ओलीले नेपालमा कानुनी शासन बलियो भएको र सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै लगानीका लागि आग्रह गरेका हुन् । ‘हामीलाई हरेक क्षेत्रमा ठूलो लगानी चाहिएको छ,’ उनले भने, ‘लगानीका लागि नेपाल भर्जिन ल्यान्ड मानिन्छ । हरेक क्षेत्रको लगानी उच्च मुनाफायुक्त छ र लगानीमा कुनै प्रतिस्पर्धा छैन ।’
उनले व्यापारका लागि विश्वभरि पुगेका भारतीय व्यवसायीहरु अब छिमेकी मुलुक नेपालमा आउने बेला भएको पनि बताए । ’निकटता, सांस्कृतिक समानताका कारण पनि नेपालमा भारतीय व्यवसायीहरुलाई सहज हुन्छ,’ उनले भने । वामगठबन्धन नेतृत्वको वर्तमान नेपाल सरकार उदार व्यवस्थाबाट पछाडि फर्कन्छ भन्ने भारतीय व्यवसायीहरुमा भएको आशंकातर्फ संकेत गर्दै उनले आफ्नो नेतृत्वको सरकार उदार आर्थिक नीति प्रति प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले नेपालको व्यापारिक अवस्थाबारे प्रस्तुति दिएका थिए भने नेपाली निजी क्षेत्रको नेतृत्व गर्दै सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पनि संबोधन गर्दै नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन् ।
स्थिर सरकार, प्रधानमन्त्री स्वयम् मुलुकभित्र आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न प्रतिवद्ध रहेको भारतीय लगानीकर्ताहरूलाई जानकारी गराउदै राणाले प्रधानमन्त्रीको नेतृत्वमा अव नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडी बढ्ने विश्वास दिलाइन् ।
नेपाल र भारत दुवै प्राकृतिक स्रोत साधनले भरिपूर्ण र यूवा जनशक्तिले भरिभराउ देश रहेकाले यसको भरपुर उपयोग गर्दै समृद्धिको मार्गमा सहकार्य गरी अगाडी बढनु पर्ने धारणा राख्दै अध्यक्ष राणाले नेपालस“ग रहेको अपार स्रोतहरुको अधिकतम उपयोग मार्फत हाम्रा जनताहरूको जीवनस्तर उठाउन साझा उद्देश्य तथा रणनीतिक लक्ष्य निर्धारण गरी अघि बढ्नु पर्ने सुझाव दिइन् । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधै लालयित रहेको पनि उनले बताइन् ।
अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयां शिराबाट अगाडी बढाउनु पर्नेमा समेत जोड दिदै आपसी सहकार्यका क्षेत्रहरूको विस्तार तथा सहकार्यका नया नया क्षेत्रहरूको पहिचान गर्न आग्रह गरिन् । अत्यन्त नजिकको छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा अगाडी बढीरहेको मित्रराष्ट्र भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको अध्यक्ष राणाले बताइन् ।
आर्थिक समृद्धिको मार्गमा भर्खर अगाडी बढ्ने तरखरमा रहेको नेपालका लागि यतिखेर भारतस“गको व्यापार घाटा अत्यन्त चिन्ताको विषय रहेको भन्दै अध्यक्ष राणाले भारतीय लगानीकर्ताहरूको समेत वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नेपालको समृद्धिको चाहनालाई पुरा गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन अपिल गरिन् । साथै उनले यतिवेला जस्तो नेपालमा लगानी गर्ने उपयुक्त समय कहिल्यै नभएको समेत प्रष्ट पारिन् ।
सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा स्थानीय लगानी बढ्दै गएको बताउंदै अध्यक्ष राणाले नेपालले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेकोले यी क्षेत्रहरुका अतिरिक्त पर्यटन खासगरी धार्मिक पर्यटन जस्तो वुद्ध सर्किट, रामसीता जन्मभूमी सर्किटमा आपसी सहकार्य हुन सक्ने वलियो आधार समेत प्रस्तुत गरिन्
सरकारले विद्युत आर्पूिर्तको प्रभावकारी व्यवस्थापन गरेका कारणनै लोडसेडिङ अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमतामा समेत सुधार भएको उदाहरण राख्ंदै उनले उर्जा उत्पादनमा अहिले निकै ठूला परियोजना समेत अगाडी बढेकाले आगामी दिनमा निकै धेरै उद्योगहरू आउनुका साथै उत्पादन क्षमतामा समेत ठूलो सुधार आउने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको स्पष्ट पारिन् ।
यस्तै, चुनौतीहरूका बीच पनि नेपालमा कार्यरत भारतीय उद्योग प्रतिष्ठानहरूले निकै धेरै लाभ उठाउन सकेको उदाहरण दिंदै अध्यक्ष राणाले ती उद्योगहरूले आफ्नो परियोजना समेत विस्तार गर्दै गएको भन्दै निकै धेरै लगानी खोजिरहेको नेपालका लागि सहयोग गर्न भारतीय सरकार तथा निजी क्षेत्रलाई अपिल गरिन्
भारतमा रहंदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीस“गको औपचारिक समारोहमा सहभागी हुनुको साथै नेपाल भारत बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि भारतीय निजी क्षेत्रसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्