एनआईसी एसिया बैंकको भारतबाट इनवार्ड रेमिट्यान्स सुरु «

एनआईसी एसिया बैंकको भारतबाट इनवार्ड रेमिट्यान्स सुरु

एनआईसी एसिया बैंकले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिट्यान्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौताअनुसार एक्सिस बंकको भारतमा अवस्थित ३ हजार ५ सयभन्दा बढी शाखाबाट नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १ सय ९२ वटा शाखा तथा ५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिनेछ ।
साथै, बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १ सय ९३ एटीएमसहित मुलुककै सबैभन्दा बढी एटीएम सञ्जाल भएको बैंकसमेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्षसमेत गरी) सहित ५ हजार ३ सय ९३ भन्दा बढी भौतिक सञ्जालमार्पmत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्