सम्झौताको ५ वर्षपछि पश्चिम सेतीको जेभीए हुँदै

तोकिएको सम्झौता अवधिभन्दा झण्डै पाँच बर्षपछि ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनाको संयुक्त विकास उपक्रम (जेभीए) हुने भएको छ । २०६८ फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक बर्षभित्र जेभीए गर्ने उल्लेख रहेकोमा बल्ल पूरा हुन लागेको हो । तोकिएको सम्झौता अवधिभन्दा झण्डै पाँच बर्षपछि ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनाको संयुक्त विकास उपक्रम (जेभीए) हुने भएको छ । २०६८ फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक बर्षभित्र जेभीए गर्ने उल्लेख रहेकोमा बल्ल पूरा हुन लागेको हो । प्रवद्र्धक थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन र लगानी बोर्डबीच १६ र १७ नोभेम्बर अर्थात ३० कात्तिक र १ मंसिरमा हुने छलफलपछि जेभीए हुने बोर्डले जनाएको छ । “कर्पोरेसनको टोली जेभीएका लागि १६ र १७ नोभेम्बरमा आउँदैछ, अब जेभीए हुँदैछ,” लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले भने, “दुई विषयमा केही स्पष्ट हुन बाँकी रहेकोमा छलफलबाट टुग्याएर जेभिए हुन लागेको हो ।” उनका अनुसार कर्पोरेसनले पश्चिम सेती आयोजनाको अध्ययनको क्रममा कर्पोरेसनले गरेको खर्चको पुँजीकरण र विद्युत् महशुलबारे केही अस्पष्ट रहेको भन्दै कर्पोरेसनले पत्र पठाएको छ । जेभीए भएपछि मात्र बल्ल प्राधिकरण र कर्पोरेसनको संयुक्त रूपमा वेष्ट सेती हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना हुनेछ । गत वर्षको माघमा मात्र प्राधिकरण र कर्पोरेसनबीच जेभीए गर्ने सम्झौता भएको र जेभीएलाई दुवै प्रवद्र्धकले अनुमोदन गर्नुपर्नेमा प्राधिकरणले गत माघमै गरेको थियो भने कर्पोरेसनले हालै मात्र गरेको थियो । जेभीए अनुमोदन गर्न ढिला गरेको कर्पोरेसनले अहिले आएर बल्ल जेभीए गर्ने पत्र पठाएको छ । संयुक्त रूपमा गठन हुने वेष्ट सेती हाइड्रोपावर डेलभमेन्ट कम्पनीमा कर्पोरेसनको ७५ र विद्युत्् प्राधिकरणको २५ प्रतिशत सेयर रहने उल्लेख छ । एक बर्षभित्र जेभीए गरेर संयुक्त कम्पनी स्थापना गरेर झण्डै चार वर्षअघि वित्तीय व्यवस्थापन गरी सोही वर्ष सुरु गरेर २०७६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पश्चिम सेतीको हालसम्म संयुक्त कम्पनी निर्माण हुन सकेको छैन ।