नेपाल लाइफ र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता «

नेपाल लाइफ र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । एभरेस्टका ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले दुवै कम्पनीबीच मंगलबार बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र एभरेस्ट बैंक लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरे । सम्झौतासँगै अब एभरेस्ट बैंक लिमिटेडका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटोछरितो तथा सहज रूपमा बिमालेख प्राप्त गर्न र बिमा शुल्क भुक्तानी गर्न सहज हुनुका साथै, जीवन बिमासम्बन्धी सम्पूर्ण सेवासुविधा प्राप्त गर्न सहज हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्