सनराइज बैंकको भिसा कार्डमार्फत भुक्तानी गर्दा गोरखा डिपार्टमेन्ट स्टोरमा नगद छुट

सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोरबीच नेपालभित्र सञ्चालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरूमा कुनै पनि सामान खरिदमा १० प्रतिशतसम्म नगद छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंकबाट विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरकातर्फबाट प्रबन्ध निर्देशक बलराम आचार्यले चैत २० गते उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
यस सम्झौताअनुसार बैंकले आफ्ना ग्राहकर्वगहरूलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण ५ वटा शाखाहरूबाट सनराइज बैंकको भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने कारोबारमा ग्राहकहरूलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गरिनेछ । बैंकमा खाता नभएका ग्राहकर्वगहरूले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरूबाट तुरन्त प्रिपेड डेबिट कार्ड प्राप्त गरी छुटको सुविधा उपभोग गर्न सकिनेछ ।