एसियन लाइफ इन्स्योरेन्सले मनायो ११ औं वार्षिकोत्सव

०६४ चैत २१ गतेबाट कारोबार प्रारम्भ गरेको एसियन लाइफ इन्स्योरेन्सले आफ्नो कार्यकालका १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । यस कम्पनीले १० वर्षकोे अवधिमा नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ६८ वटा जिल्लामा कुल २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालयहरूको स्थापना गरी देशको अधिकांश जिल्लाहरूमा बिमा सेवा विस्तार गर्न सफल भएको पनि कम्पनीले जनाएको छ ।
एघारौं वर्षको उपलक्ष्यमा कम्पनीले ०७४ चैत १७, २० र २१ गते सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रहरू सम्पन्न गरेको छ । ०७४ चैत १७ गते बिमाको जनचेतना जगाउने उद्देश्यले बिहान ७ः३० बजे काठमाडौं मैतीदेवीबाट पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर हुँदै प्रभातफेरी कार्यक्रम गरियो । उक्त कार्यक्रमपश्चात् सोही दिन मैतिदेवी मन्दिर परिसर सरसफाई गरियो । ०७४ चैत २० गते नितिन मस्तिष्क पक्षघात समाज, गौरीघाट गुहेश्वरी काठमाडौंलाई अपांग मैत्री कुर्सी तथा टेवल (२-२ थान) हस्तान्तरण गरी उक्त संस्थाका बालबालिकाहरूलाई फलफूल तथा मिठाई वितरण गरियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७४ चैत २१ गते लायन्स क्लब चाबहिल काठमाडौंको सहकार्यमा यस कम्पनीको प्रधान कार्यालयको प्रांगणमा गरिएको खुला रक्तदान कार्यक्रममा ९० जना सहभागीबाट रक्तदान गरियो भने सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहकार्यमा निःशुल्क मधुमेह परीक्षण समेत गरियो ।