पर्यटनमा उर्वर पाल्पा

कुुनै बेला पश्चिमाञ्चल क्षेत्रकै प्रमुुख व्यापारिक केन्द्रको रूपमा रहेको पाल्पाको तानसेन अहिले ऐतिहासिक सहरका रूपमा मात्र चिनिन्छ । गाउँ–गाउँमा यातायाताको पहँुुच र बजार विकेन्द्रित हुुन थालेपछि तानसेनको बजार सागँुुरिदै गएको हो ।
पाल्पा जिल्ला संघीय संरचनासँगै ८ वटा गाउँपालिका र २ नगरपालिकामा विभाजित भएर गाउँमा अधिकार सम्पन्न स्थानीय सरकारले शासन व्यवस्था गरिरहेका छन् । पाल्पाको सदुरमुुकाम तानसेनले शिक्षा, स्वास्थ, पर्यटन र कुुटिर उद्योगको नारालाई अगाडि बढाएर आफूलाई विस्तारित गर्ने प्रयास भने गरी नै राखेको छ । पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत भगवान बुद्धको जन्मस्थलको रूपमा परिचित लुम्बिनी अञ्चलका जिल्लामध्ये पहाडकी रानीका रूपमा चिनिने तानसेन र आसपासका क्षेत्रको विकासका लागि स्थानीय बासिन्दा नै सक्रिय भएर लाग्नुुपर्ने धारणा व्यक्त गर्छन्, यहाँका उद्योगी व्यवसायी ।
समुद्र सतहदेखि चार हजार ४३० फिटको उचाइमा रहेको पाल्पाको सदरमुकाम तानसेन इतिहासको कुनै कालखण्डमा पश्चिमाञ्चलकै प्रमुुख व्यापारिक केन्द्र थियो । ऐतिहासिक सहरका रूपमा परिचित तानसेन बजार पाल्पा र छिमेकी जिल्लाको गाउँगाउँमा यातायताको पहँुुच र बजार विकेन्द्रित हुुन थालेपछि अहिले साँगुरिएको छ । पछिल्लो समयमा पर्यटन विकासका थप सम्भावना बोकेको पाल्पालाई देशका कुनाकाप्चा र विदेशमा चिनाउन पर्यटन क्षेत्रको विकास हुनु जरुरी रहेको छ । प्रकृति, संस्कृति, शिक्षा, कला, सभ्यता, रहनसहन र जैविक विविधताले समृद्ध मनोरम पहाडी जिल्लाको सदरमुुकाम तानसेनको आर्थिक गतिविधि अगाडि बढाउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आउन चाहेका छन् तर त्यसको लागि सरकारी तवरबाट उचित वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीहरू बताउँछन्, । तानसेन र नगरोन्मुख सहर रामपुर, हार्थोक, आर्यभञ्ज्याङमा पाँच वर्ष यता आएका दुई दर्जन बढी बैंकका शाखाहरूले यहाँको विकासका क्षेत्रमा लगानी गनुपने हुन्छ जसले समग्र पाल्पाको विकासमा सहयोग पुगोस् । यसले गर्दा पनि अब तानसेनको समग्र विकासका प्रशस्त सम्भावना छन् ।
प्रकृति, संस्कृति, शिक्षा, कला, सभ्यता, रहनसहन र जैविक विविधताले समृद्ध मनोरम पहाडी जिल्लाको सद्रमुुकाम तानसेनको आर्थिक गतिविधि अगाडि बढाउनका लागि देशी तथा विदेशी लगानी कर्ता आउन चाहेको बताउँछन, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ उनी भन्छन्, तानसेनमा एक दशक एता आएका दर्जनौ बैंकका शाखाहरूले यहाँको विकासका क्षेत्रमा लगानी गर्न चाहेका छन् । यसले गर्दा पनि अब तानसेनको समग्र विकासका प्रसस्त सम्भावना रहेका छन् । यस्तै जिल्लामा एक अर्ब बढी होटल तथा रेस्टुराँ क्षेत्रमा लगानी भएका छन्, जसले पाल्पालाई पर्यटनको हब बनाउन सहजता पुग्ने श्रेष्ठको भनाइ छ । पाल्पामा ठूला उद्योग र कलकारखानाको विकासका लागि भन्दा पनि पर्यटनकै विकासमा लाग्ने हो भने जिल्लाको विकास हुने देखिन्छ ।
नेवारी सांस्कृतिक झलकयुुक्त तानसेनलाई काठमाडौंको भाइ भनेर पनि चिन्ने गरिन्छ । विविध जातजाति र भेषभुषाले भरिपूर्ण, ऐतिहासिक वीरताको गाथा बोकेको, सिंगो पाल्पा जिल्ला वन, कृषि जन्य, खनिज पैदावारको दृष्टिले पनि उर्वर छ । विभिन्न कोट, गढी, किल्ला, दरबार, तालतलैया, मन्दिर, ऋषिमुनिका तपोकेन्द्रसहितका पुरातात्विक धरोहररू पनि उत्तिकै छन् पाल्पामा । पाल्पामा नेवारी, मगरीलगायतका विभिन्न जातजातिको संस्कृतिले उत्तिकै धनी जिल्लाको रूपमा पाइन्छ । नेवारी समुदायका विभिन्न पर्व, जात्रा, मगरी समुदायका कौरा नाचलगायतका नाच अहिले देश तथा विदेशमा समेत चर्चा कमाएका छन् ।
जिल्लाको नामकरण सम्बन्धमा विभिन्न भनाइ रहेका छन् । इटलीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोसेफ टुचीका अनुसार पाल्पाले प्रदेशको रूपमा इशाको पाँचौ शताव्दीतिर पाएको हो । उनका अनुसार मंगोलियन शब्द “वाल्वा” बाट अपभ्रंश भएर “पाल्पा” भएको हो । भने तानसेनले पश्चिम कमाण्डको तत्कालीन शासकीय केन्द्रका रूपमा नाम कमाइसकेको छ । वि.सं १७७४ मा पाल्पाली राजकुमारी कौशल्यावतीसँग गोरखाका राजा नरभूपाल शाहको दोस्रो विवाह भयो । त्यस अर्थमा पनि पाल्पा पृथ्वीनारायण शाहको मावल ठाउँ हो ।
चौबिसी राज्यहरूमध्ये सबैभन्दा सबल राज्यमध्येमा पाल्पा ¬पनि एक थियो, धन, दौलत र अवधसँगको सैनिक सम्बन्धका कारण पाल्पा निकै बलवान थियो, त्यसैले नेपालको एकीकरणमा बाइसी चौबिसी राज्यहरू नेपालमा विलय भए हँुुदासम्म पाल्पा भने स्वतन्त्र नै थियो तर पाल्पाको इतिहास अहिले विस्तारै हराउँदै गएको इतिहासकार निर्मल श्रेष्ठ बताउँछन् ।
प्राचीन इतिहास बोकेको पाल्पालाई नेपाललगायत अन्य मुलुकमा चिनाउने, कला संस्कृति पनि कम छैनन् । परम्परागत रूपमा हातले कुदेर बनाइने पाल्पाली करुवा पनि अत्यन्त चर्चामा छ । नेपाली मात्र नभएर अमेरिका, जापान, सिंगापुर, हंगकगलगायतका देशबाट पाल्पा घुम्न आउने पर्यटकका लागि समेत मुख्य आर्कषण बनेको छ पाल्पाली करुवा ।
पाल्पाली करुवाको माग अत्यन्त भए तापनि मागअनुसार करुवा उपलब्ध गराउन नसकिएको अवस्था भने विद्यमान छ, पाल्पाली करुवा उद्योगका सञ्चालक प्रदिप वज्राचार्यका अनुसार, “अर्डरअनुसार छ सात सयदेखि लाखौं रुपैयाँसम्मको करुवा तयार पार्न सकिने भए पनि अहिले माग भएजति करुवा हामीले उपलब्ध गराउन सकेका छैनौं,” भन्छन्, ।
पाल्पा र पाल्पालीलाई चिनाउने पाल्पाली करुवा उद्योगप्रति कसैको सहयोग नभएको उनको गुनासो छ । व्यावसायिक हिसाबले अन्य स्थानबाट सस्तो मूल्यका करुवा उत्पादन भए पनि पाल्पाली करुवा टिकाउ र गुणस्तरीय भएकाले मागमा कुनै प्रभाव नपरेको टक्सारटोलकै अर्का करुवा व्यवसायी सुरेशमान वज्राचार्यको दाबी छ । बाजे छोरा हुँदै नातीको काँधमा आइपुगेको करुवा उद्योग सञ्चालनप्रति खासै चासो नदेखिए पनि बाबु बाजेले पाएको ख्याती सबै गुम्न नदिने शुरेसमान वज्राचार्यले बताए ।
पाल्पाली करुवा उद्योग परम्परागत सीपबाट सञ्चालित भएकाले यसलाई मागअनुसारको उत्पादन गर्न नसकिएको र परम्परागत सीप र कच्चा पदार्थलाई सही रूपमा सदुपयोग गरी आधुनिकतवरले उत्पादन बढाउन सकेमा पाल्पाली करुवाको लोकप्रियता अझ बढ्ने बताउँछन्, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराई । पाल्पा उद्योग वाणिज्य संघ, घरेलु कार्यालय, नगरपालिकाले यसको व्यवस्था गर्न सकेमा व्यावसाय धरापमा नपर्ने प्रदिप बज्राचार्यले बताए । व्यावसायीले आÇनो सीप हस्तान्तरण गर्न सकेमा पेशा स्थायी हुनेहुन्छ’ पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुषण राजलवटको प्रतिक्रिया छ । त्यस्तै गरी तानसेनलाई चिनाउने प्रसस्त धार्मिक तथा साँस्कृतिक धरोहर पनि प्रसस्त छन् जस्ले आन्तरिक तथा बाह्य पर्यटकलाई सदा निम्तो दिइरहेको हुन्छ । पाल्पामा रहेका ऐतिहासिक भगवती मन्दिर, अमरनारायण मन्दिर, भैरवस्थान मन्दिर, सिद्धबाबा, रम्भादेवी, रुरु ऋषिकेशवलगायतका मठ मन्दिरले पनि जिल्लामा धार्मिक पर्यटनका लागि बढावा दिने गरेका छन् । यस्तै तानसेनको मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, त्रिभुवन बहुमुखी क्याम्पसले समेत यहाँ शैक्षिक गतिविधिमा सहयोग गरेका छन् । पाल्पा हावापानीले उपयुक्त थलो भएकाले यहाँ स्वास्थ्य पर्यटनको समेत सम्भावना रहेको छ । यहाँका अस्पतालहरूमा उपचार गराउन भारतका विभिन्न स्थान र नेपालका सबै जिल्लाहरूबाट आउने गर्दछन् ।
त्यसै्गरी यहाँका ढाका व्यवसायीहरूलाई बाह्रैमासे भ्याइनभ्याई हुन्छ, उनीहरू पर्यटकहरूलाई आÇनो उत्पादन बारे जानकारी दिँदैमा व्यस्त हुन्छन् । पाल्पामा घुम्न आउने पर्यटकहरूले पाल्पाली ढाकाबाट बनेका विभिन्न सामान आÇना साथीहरूलाई किनेर लान बिसँदैनन् । तानसेनका बुद्ध विहार, भैरवस्थानको ऐतिहासिक मन्दिर, रानीघाटको दरबार, तानसेनका स–साना गल्ली, भगवती, नारायण, गणेश मन्दिरले तानसेन आउने पर्यटकका लागि आकर्षण थप्ने काम गर्दछन् ।
पाल्पा ढाका करुवामा मात्र नभई अदुवा, कफी तथा तरकारीका लागि पनि ख्याती कमाएको छ । पाल्पा आउने हजारौं आन्तरिक पर्यटकका लागि कृषि पर्यटनको उचित गन्तव्य बन्ने गर्दछ मदनपोखरा, अर्गली, खस्यौली, भैरवस्थानलगायतका गाउँमा अहिले व्यावसायिक रूपमा तरकारी खेतिले समेत यहाँका स्थानीयको आयस्तर सुधारमा सहयोग गरेको छ । पाल्पाका विभिन्न एतिहासिक तथा धार्मिक महत्व बोकेका दजर्ना सम्पदाले हजारांै पर्यटकको प्रतीक्षामा बसेका छन् । यस्ता सम्पदाको उचित संरक्षण प्रचार प्रसार गर्न सकेमा पहाडकी रानी पाल्पामा पर्यटकको ओइरो लाग्न सक्ने थियो कि ?
सरकारी र निजी क्षेत्रको सहकार्य हुन सक्यो भने पाल्पाले आर्थिक रूपमा फड्को मार्ने र आर्थिक चलायमानका क्षेत्रमा पाइला चाल्ने निश्चित रहेको छ । पाल्पामा अहिले पर्यटन, कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना र अवसर रहेको छ यसलाई सही रूपमा सदुपयोग गर्न सकेमा पाल्पाको कायापलट हुने देखिन्छ ।
–अमृत अधिकारी