सलमान खान दोषि ठहर

भारतको एक अदालतले बलिउड स्टार सलमान खानलाई १९९८ मा दुर्लभ हरिणको शिकार गरेकोमा दोषि ठहर गरेको छ ।
सलमान खानले फिल्म छायांकनकै दौरानमा राजस्थानमा संरक्षित प्रजातीमा राखिएको दुईवटा कालो हरिण मारेका थिए ।
उनीसँगै अन्य चार कलाकारहरुलाई पनि जोधपुर अदालतले दोषी ठहर गरेको छ ।
खानले १ वर्षदेखि ६ वर्षसम्मको जेल सजाय भोग्नु पर्न सक्ने बताइएको छ । यो फैसलाको बिरुद्धमा उनले अपिल गर्न पाउनेछन् ।
खानलाई २०१५ मा पनि २००२ को हिट एन्ड रनको मुद्धामा सफाइ दिइएको थियो । उक्त घटनामा एक घर विहिन मानिसको मृत्यू भएको थियो ।
१९९८ मा चलचित्र हम साथ साथ हे को छायांकनको सयममा जनावरको शिकार गरेको आरोपमा उनलाई कानुनी कठघरामा पु¥याइएको यो चौथो पटक हो ।
यस अघिका तीनवटा मुद्धामा उनलाई सफाइ दिइएको थियो ।