पुजीगत खर्चको समयसीमा वैशाख मसान्त «

पुजीगत खर्चको समयसीमा वैशाख मसान्त

जिल्लाका ११ स्थानीय तहमध्ये व्यवस्थित बन्दै गएको भीरकोट नगरपालिकाले पु“जीगत खर्चको समयसीमा वैशाख मसान्त तोकेको छ । आर्थिक वर्षको अन्त्यमा बढी खर्च गर्ने प्रचलनले दिगो विकासमा असर गरेको भन्दै नगरपालिकाले खर्चको समयसीमा तोकेको हो ।
नगरपालिकाले मातहतका ९ वटै वडालाई समयसीमा तोकेर विकास निर्माणका काम सक्न निर्देशन दिएको छ । निर्देशनलाई आत्मसाथ गर्दै वडा कार्यालयले पहिलो र दोस्रो चौमासिकमा ३० र ८० प्रतिशत पु“जीगत खर्च गरेका छन् । तेस्रो तथा अन्तिम चौमासिकको पहिलो २ महिनामा सतप्रतिशत खर्च गर्ने उनीहरूले लक्ष्य राखेका छन् ।
संघीय सरकारबाट प्राप्त बजेटमध्ये पु“जीगत खर्च १४ करोड २५ लाख ४९ हजार रहेको नगरपालिकाको चालूतर्फ ११ करोड ८९ लाख २९ हजार रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार पु“जीगत खर्चको ६ करोड २७ लाख सडकमा २ करोड ५५ लाख खानेपानी झण्डै १ करोड सिँचाइ र बा“की अन्य योजनामा विनियोजन गरिएको छ । “तोकिएको समय सीमाभित्र योजना सम्पन्न गर्ने वडालाई प्रोत्साहनका लागि ५ देखि १० लाखको योजना पुरस्कार स्वरुप दिने घोषणा गरेका छौं ।” नगरप्रमुख छाया“राम खनालले भने, “विकासको पहिलो खुटकिलो सडक भएकाले सडकलाई तीन भागमा विभाजन गरि नया“ मार्ग, स्तरोन्नति र पक्की सडक निर्माण कार्यलाई तीव्रता दिएका छौं ।”
नगरका वडा कार्यालयलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले चालू आवमा नगर क्षेत्रमा करिब १२६ किमि सडक निर्माण हुने खनालले बताए । उनका अनुसार करिब १ किमि पक्की सडक झण्डै ८५ किमि सडकको स्तरोन्नति र ४० किमि नया“ ट्रयाक खोल्ने काम भएको छ । प्राथमिकतामा राखेर गरिएको विकास परिणाममुखी हुने विश्वासले काम गरिएको खनालले सुनाए ।
“नया“ नगरपालिका भएकाले यथेष्ट स्रोत त छैन्, जे जति छ त्यसको उच्चतम सदुपयोग गर्ने योजना बनाएका छौं ।” नगर उपप्रमुख सीमा केसी कर्मार्चाले भनिन्, “चालू आवमै नगर प्रोफाइल बनाएर स्रोतको पहिचान र आवश्यकतालाई प्राथमिकतामा राखेर विकासमा जोड दिनेतर्फ केन्द्रित भएका छौं ।”
वडाहरूको आवश्कता र मागलाई ध्यानमा राखेर पु“जीगत बजेट विनियोजन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बताए । समय सीमाभित्र विनियोजित रकमको अधिकतम सदुपयोग गर्ने नीतिअनुसार विकास निर्माणका काम भएको उनले बताए । उनका अनुसार नगरको निर्देशनअनुसार वडाहरूले हालसम्म झण्डै ९० प्रतिशत काम सकेका छन् ।

चालू आर्थिक वर्षमै नगरपालिकाले फोहर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइटका लागि जग्गा खरिद गरेको जनाएको छ । भाडाको घरमा बस्दै आएको नगरपालिकाले आफ्नै भवन निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्