मध्यपहाडी लोकमार्गमा बढ्दै व्यवसाय

मध्यपहाडी लोकमार्ग वरपर स्थानीयले सुविधा सम्पन्न होटल र लज सञ्चालनमा लगानी बढाएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले कालान्तरमा ग्राहकको चाप बढ्ने सोचेर होटलमा लगानी बढाएको व्यवसायीले बताएका छन् ।
मध्यपहाडी लोकमार्गको करिब १३५ किमि खण्ड तेह्रथुममा मात्रै पर्छ । लोकमार्ग निर्माणसँगै दाया“बाया“ साना ठूला होटल, पसल, लज, रिसोर्ट खोल्ने क्रम शुरु भएको मध्यपहाडी लोकमार्ग आयोजना पूर्वी खण्डका इन्जिनियर सुरेश तुम्बाम्फेले बताए । लोकमार्ग निर्माणसँगै ठाउ“ठाउ“मा ग्रामीण बजारको विस्तार हुने र व्यवसाय गर्नेको संख्या बढिरहेको छ । लोकमार्गले छोएका विभिन्न ठाउ“मा साना बजार विस्तार भई व्यापार गर्नेको भीड बढेको साविक चुहानडा“डा गाविसका पूर्वअध्यक्ष नरप्रसाद मैनालीले बताए ।
सडक नहुँदासम्म बिहान बेलुका भान्सामा चाहिने दैनिक उपभोग्य वस्तु खरिद बिक्री गर्न एक दिन पैदल हिँडेर पा“चथरको फिदिम बजार पुग्ने आठराईवासीका लागि अहिले निकै सुविधा भएको छ । लोकमार्गसँगै विकास भएको बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्नेदेखि आफूले उत्पादन गरेका कृषि उपज बिक्रीसमेत हुन थालेपछि आठराई गाउ“पालिकाका बासिन्दालाई सुविधा भएको स्थानीय शारदा माविका पूर्वप्रधानाध्यापक रामचन्द्र थपलियाले बताए । जिल्लाकै दुर्गम चुहानडा“डामा यतिबेला मध्यपहाडी लोकमार्गका कारण चहल पहल बढेको छ । बजारमा घरह थपिँदै छन् । होटल तथा पसलसमेत खुल्ने क्रम जारी छ । जसले दुर्गममा आर्थिक गतिविधिसमेत बढ्दो छ ।
आपूm बसेकै स्थान भएर मध्यपहाडी लोकमार्ग आउने भएपछि लालीगुरा“स नगरपालिका वसन्तपुरका पेम्वाछिरिङ भोटियाले ५ करोड रुपैयाँ लगानी गरेर सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका छन् । यो होटल तेह्रथुमकै एकमात्र सुविधायुक्त होटल हो । सडक निर्माणसँगै पर्यटक र ग्राहकको संख्या बढेकाले यति धेरै लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक भोटियाले बताए । सडककै कारण व्यवसाय जम्ने देखेर लोकमार्ग आसपासमा धेरैले होटल व्यवसायमा लगानी बढाइरहेका छन् । लोकमार्ग सदरमुकाम म्याङलुङ छोएर आउने भएपछि म्याङलुङको ब्लू हेवन होटलका सञ्चालक रोमभगत प्रधानाङ्गले पहिलेको होटल भत्काएर सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन् । भविष्यमा होटल व्यवसाय राम्रो हुने सोचेर करोडौं रुपैयाँ लगानी गरेर अर्को होटल निर्माण गरिरहेको उनले बताए ।
सडक निर्माणसँगै होटल व्यवसायको भविष्य राम्रो देखेर खोरुङगा खोला किनारमा स्थानीय बमबहादुर र दुर्गा लिम्बु दाजुभाइले १ करोड रुपैयाँ लगानीमा लजसहितको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । त्यस्तै लालीगुरा“स नगरपालिका सुङनामका धर्मराज खड्काले पनि स्थानीय कालापानीमा ३ करोड रुपैंयाँको लगानीमा ब्लाक वाटर रिसोर्ट सञ्चालनमा ल्याएका छन् । मध्यपहाडी लोकमार्गको निर्माणसँगै पर्यटकको संख्या बढेको र ग्राहकसमेत थपिएकाले रिसोर्टमा थप लगानी बढाइएको सञ्चालक खड्काले बताए । मध्यपहाडी लोकमार्गले छोएका तमोर–माझी दोभानदेखि चुहानडा“डा, संक्रान्ती, पोक्लावाङ, हलीमेला, म्याङलुङ, जिरिखिम्ती, लसुने, वसन्तपुरलगायतका बजारमा सुविधासम्पन्न होटल, लज, पसल र अन्य व्यापार व्यवसायमा लगानी गर्नेको संख्या दिनहु बढिरहेको छ । यी बजारमा पछिल्ला ५ वर्षमा ५० को हाराहारीमा साना ठूला नया“ होटल तथा पसल खुलिसकेका छन् ।
पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गले छोएका साविकका १५ बढी गाविसका जमिनको मूल्यसमेत अकासिएको छ । पहिले बिक्री नभएका जमिनले समेत सडक निर्माणपछि राम्रो मूल्य पाएको छ । चियोभञ्ज्याङबाट सुरु भएको पूर्वी खण्डको यो सडक तमोर नदी, संक्रान्ती, म्याङलुङ, वसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी हुँदै टोक्सेलघाट (घुर्मी) पुग्छ ।
–प्रकाश पाक्साँवा