फेसबुकको डाटा चोरी काण्डबाट ९ करोड प्रभावित «

फेसबुकको डाटा चोरी काण्डबाट ९ करोड प्रभावित

सामाजिक सञ्जाल फेसबुकले ८.७ करोड मानिसको जानकारी राजनीतिक सल्लाह दिने कम्पनी क्याम्ब्रिज एनालिटीसँग गलत तरिकाबाट साझेदारी गरेको स्वीकार गरेको छ ।
प्रभावित हुने मानिसमा ११ लाख बेलायतको भएको बीबीसीले जनाएको छ ।
यो भन्दा पहिला व्ह्सिल ब्लोअर क्रिस्टोफर वाइलीले यो संख्या पाँच करोड भएको जनाएको थियो ।
यो जानकारी फेसबुकका प्रमुख प्रविधि अधिकारी माइक श्रोएफरको ब्लगबाट सार्वजनिक भएको हो ।
यो ब्लग अमेरिकाको हाउस कमर्श कमिटीको घोषणाको केही घन्टापछि प्रकाशित भएको हो । समितीले फेसबुकका संस्थापक मार्क जुकरबर्गले ११ अप्रिल भन्दा पहिलेनै आफ्नो बयान दिनुपर्ने घोषणा गरेको थियो ।
कैयौ वर्षसम्म क्याम्ब्रिज एनालिटीकाले करोडौ मानिसको जानकारी संकलन गरेको विपषयलाई लिएर फेसबुकको आलोचना भइरहेको छ । यद्यपि लन्डनस्थित कार्यालयले यी सबै जानकारी हटाएको आश्वासन दिलाएको छ ।
च्यानल फोरका अनुसार केही जानकारी अझैपनि प्रयोग भइरहेको छ । तर क्याम्ब्रिज एनालिटीले यी सबै जानकारी नष्ट गरिसकेको जानकारी गराएको थियो ।
यो भन्दा पहिले क्याम्ब्रिज एनालिटीको काण्ड सार्वजनिक हुनुभन्दा पहिले फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकार गरेका थिए ।
उनले तेस्रो पक्ष एप्सका लागि जानकारी प्राप्त गर्न मुश्किल हुने व्यवस्था गर्ने आश्वासन पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्