तेस्रो लिंगी पुरुषले दिए शिशुको जन्म «

तेस्रो लिंगी पुरुषले दिए शिशुको जन्म

हेलसिंकी  –युरोपेली देश फिनल्यान्डका पहिलो तेस्रो लिंगी पुरुषले बालिकाको जन्म दिएका छन् । बालिकालाई जन्म दिने तेस्रो लिंगी पुरुष पहिला महिला थिए । उनी ग्रन्थीको सल्यक्रियाका कारण देशकै पहिलो तेस्रो लिंगी पुरुष बनेका थिए । तेस्रो लिंगी परिवारसँग सम्बन्धित सुत्रले स्थानिय मिडियालाई शिशुको वजन ४ किलो र लम्बाई ५३ सेन्टिमिटर भएको बताएका छन् ।
गोपनियतका कारण शिशुलाई जन्म दिने तेस्रो लिंगीको नाम भने खुलाइएको छैन । करिब ३० वर्षका यी तेस्रो लिंगी २०१५ भन्दा पहिले एक महिला थिइन् । लामो समयको टेस्टोस्टेरोन प्रविधिबाट उनले कानुनी रुपमा लिङग परिवर्तन गरेकी थिइन् । तर उनले पुरै किसिमबाट लिङग परिवर्तनका लागि सल्यक्रिया गराइनन् । किनकी उनी आफ्नो पतिबाट गर्भवती बन्न चाहन्थिन् ।
फिनल्यान्डको कानुन अनुसार ग्रन्थी थेरोपीका लागि कोही महिलाबाट पुरुष बन्न चाहन्छ भने उसले आफू बच्चा पैदा गर्न सक्षम नभएको प्रमाणित गर्नुपर्छ ।
तर यदी ग्रन्थी थेरापी केही समय रोक्ने हो भने कुनै पनि समयमा प्रजनन् क्षमता फर्केर आउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्