विश्वकै ठूलो हावा खेत

सन् २०२७सम्म युरोपका ८ करोड मानिसलाई नवीकरणीय ऊर्जा आपूर्ति गर्ने उद्देश्यले नर्थ सीमा कृत्रिम टापू बनाइ हावा ऊर्जा निर्माण कार्य सुरू भएको छ ।६ वर्ग किलोमिटर क्षेत्रमा समुद्री किनारा बाहिर(अफसोर)का हावाको उपयोग गरी यो हावा खेत( विन्ड फार्म)को विकास गरिदैछ । यसलाई नर्थ सी विन्ड पावर हब नामाकरण गरिएको छ । यहाँ स्थायीरूपमा केही कर्मचारीहरू राखिनेछन् ।हावाबाट उत्पादन हुने उर्जालाई यहाँबाट लामो केबलको माध्यमबाट बेलायत र नीदरल्यान्डलाई पहिले पठाइनेछ । पछि यहाँबाट उत्पादन भएको हावा ऊर्जालाई डेनमार्क, जर्मनी , नर्वे र बेल्जियममा पु¥याइने योजना रहेको छ ।
इस्ट योर्कसायरको १२५ किलोमीटर लामो सामुद्रिक किनार डोगर बैंकलाई यो परियोजनाको लागि छनौट गरिएको छ । यो परियोजनाको निर्माण १.७५ अर्ब अमेरिकी डलरको लागतमा पूरा हुने अनुमान गरिएको छ ।
यो कृत्रिम टापूमा आवास क्षेत्र, सानो विमानस्थल, सानो सडक सञ्जाल, हरित क्षेत्र र कृत्रिम तालको निर्माण गरिनेछ ।
यो परियोजनाबाट उत्पादन हुने ऊर्जा परम्परागत विन्ड फार्म र इन्टरनेसनल पावर केबलको तुलनामा अर्बौ युरो सस्तो हुनेछ ।
यो परियोजनालाई सहयोग पु¥याउने समूहले यो ऊर्जा परियोजना नयाँ प्रकारको हुने र यसले सस्तो ऊर्जा उत्पादन गर्ने विश्वास गरेका छन् ।
अफसोर विन्ड ग्रिड विकास कार्यक्रमका प्रवन्धक रोब भान डेर हेजले भने “ लागत घटाउन यो महत्वपूर्ण बाटो हुनेछ ।”
सन् २०३० देखि २०५०सम्म समुद्र किनाराको हावालाई बाधा उत्पन्न हुने भएकोले अफसोर विन्ड पावरको लागि यो परियोजनाको खोजी गरिएको छ ।
डोगर बैंक सापेक्षिकरूपमा कम गहिरो रहेको छ । यसको गहिराई १५ देखि ३६ मिटरबीचको छ । यसले गर्दा यो परियोजनाको लागत घटाउने अपेक्षा गरिएको छ । हेजका अनुसार कृत्रिम टापू बनाउन ठूलो चुनौती नभएको र यो परियोजना आउने शताब्दीसम्मका लागि प्रभावकारी हुनेछ । यो परियोजनाको खाका डेनमार्क, नीदरल्यान्ड र जर्मनीलगायतका युरोपेली ऊर्जा कम्पनीहरूले बनाएका छन् ।