भीभोको अल–न्यूभीनाइन अल पावर्ड फुलभ्यू डिस्प्ले स्मार्टफोन बजारमा «

भीभोको अल–न्यूभीनाइन अल पावर्ड फुलभ्यू डिस्प्ले स्मार्टफोन बजारमा

भीभोले आफ्नो अल–न्यूभीनाइन स्मार्टफोनको अनावरण गरेको छ । जसमा भीभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्क्रिन–टु–बडी अनुपात छ जसले पर्फेक्ट सट दिन्छ भन्दै कम्पनीले भीनाइन
उत्कृष्ट डिजाइन भएको स्मार्टफोन भएकाले यसबाट पर्फेक्ट सटु लिन सकिने बताएको छ ।
कम्पनीका अनुसार एआई पावरको माध्यमबाट पर्फेक्ट भ्यूू पनि प्रदान गर्छ । फाइभजी वरपर भिभोको हालैको घोषणा र इन्–डिस्प्ले फिंगर प्रिन्ट स्क्यानिङप्रविधि पछ्याउँदै, भीभोभी नाइनले एड्भान्सड मेसिनलर्निङको प्रयोगबाट विशिष्ट एआई–पावर्ड मोबाइल अनुभव प्रदान गरेका हुनाले यसले एआई फेस ब्युटी, एआई स्मार्ट इन्जिन र एआई सेल्फीलाइटिङ जस्ता सुविधाहरू बढाउने कम्पनीको दाबी छ ।
भीभोको एआई फेस ब्युटी प्रविधिकरिब १० लाख अनुहारका फोटोको व्यापक डाटाबेस प्रयोग गरी तयार पारिएको छ । जसको कारण, भी नाइनको एआईले प्रयोगकर्ताको उमेर, लिंग, छालाको रंग, बनावट साथै लाइटिङ वातावरण पत्ता लगाउन सक्छ ।
कम्पनीको अनुसार भी नाइनले ग्राहकहरूको मोबाइल क्यामेराको आवश्यकतालाई बुझेर स्वचालित रूपमा कुनै पनि वातावरणमा पर्फेक्ट सट निर्माण गर्र्दैन भन्दै कम्पनीले युवाग्राहकहरू माझ बजारमा भी नाइनको एआई पाओर चिनाउन उत्सुक रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्