कैलाश विकास बैंकको ४५ औँ शाखा पाल्पामा

कैलाश विकास बैंकले पाल्पा जिल्लाको दम्कडामा आफ्नो ४५ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाले यहीे चैत २१ गते बुधबारदेखि कारोबार शुभारम्भ गरेको हो । एक समारोहकाबीच उक्त शाखाको समुद्घाटन माननीय प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेले गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
यस नयाँ शाखासहित बैंकको शाखा संख्या ४५ पुगेका छन् भने एटीएम संख्या २२ पुगेको भन्दै बैंकले निकट भविष्यमा गुल्मी जिल्लाको पूर्तिघाट, झापा जिल्लाको दमक, बारा जिल्लाको गन्जभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको वीरगन्ज तथा अन्य विभिन्न ठाउँहरूमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । यस संस्थाले हालसम्म १९ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ०९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरूको लागि सी–आस्बा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।