ओप्पोले २५ मेगापिक्सेल फ्रण्ट क्यामेरासहितको एफ सेवेन सार्वजनिक गर्ने

ओप्पोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) सुविधासहितको नयाँ स्मार्टफोन एफ सेवेन सार्वजनिक गर्ने तयारी गरेको छ । नवप्रवर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओप्पोले एफ सेवेनमा नेपाली युवा माझ रहेको सेल्फी एक्स्पर्ट एन्ड लिडरको छवि अझ सुदृढ बनाउन अन्य अत्याधुनिक सुविधाहरु पनि समाहित गरिएको कम्पनीले जानकारी दिएको छ ।
मितिको घोषणा भइ नसकिए तापनि कम्पनीका अनुसार अप्रिल महिनाभित्रै फोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र व्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओप्पोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निसन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओप्पो एफ सेवेनमा दोस्रो पुस्ताको एआई ब्युटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधिसहित २५ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्युटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओप्पो एफ सेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभई सेल्फी लिने प्रक्रियालाई थप रमाइलो र रोचक बनाउनेछ । २५ एमपी एआई ब्युटी फ्रन्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिका कारण ओप्पो एफ सेवेनद्वारा खिचिएका फोटो उज्यालो तथा छाया परेको स्थान दुवै अवस्थामा चहकिलो तस्विर सम्प्रेषण गर्न सकियोस् भन्ने सोचका साथ उच्च ल्युमिनेन्स रेञ्जको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।