Logo

क्याम्ब्रिज असेस्मेन्ट इन्टरनेसनल एजुकेसनका उत्कृष्ट नेपाली विद्यार्थीलाई सम्मान

ब्रिटिस मोडल कलेज (बीएमसी)ले ‘ए लेभल’मा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । राजधानीमा सम्पन्न एक कार्यक्रममा क्याम्ब्रिज असेस्मेन्ट इन्टरनेसनल एजुकेसन (सीआईई) मा नेपालबाट उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कलेजका सीईओ, प्रिन्सिपल, फ्याकल्टी मेम्बरको साथमा अभिभावक तथा विद्यार्थीको उपस्थितिमा बधाई तथा सम्मान गरेको हो । सीआईईबाट सबैभन्दा उत्कृष्ट अंक हासिल गर्ने नेपाली विद्यार्थी आकाश लुस लिम्बू हुन् । उनले अर्थशास्त्र र समाजशास्त्र विषयमा उत्कृष्ट अंक हासिल गरेका छन् । त्यस्तै सोम शुक्ला एकाउन्ट विषय उत्कृष्ट भएका हुन् । कार्यक्रममा कलेजका सीईओ राजन कँडेल तथा प्रिन्सिपल डा. जोन बेटमनले दुवै छात्रहरूलाई स्वर्ण पदकको साथमा उत्कृष्ट ठहरिएको सर्टिफिकेट प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सीईओ कँडेलले विद्यार्थीहरूले यतिका राम्रो नतिजा ल्याउनु साँच्चै राम्रो कुरा हो भन्दै आगामी दिनमा पनि उनीहरू सफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्