चीनको चेतावनीपछि बोइङको सेयर ओरालो

चीनको नयाँ भन्सार लगाउने चेतावनीपछ अमेरिकी एरोस्पेस बोइङको सेयर ओरालो लागेको छ ।
बेइजिङले १०६ अमेरिकी उत्पादनमा नयाँ भन्सारको घोषणाले अटो निर्माता र ह्विस्की उत्पादकलाई समेत प्रभाव पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार बढाउन सक्ने चिनियाँ सामानको सूची सार्वजनिक गरेपछि चीनको यो कदम आएको मानिएको छ ।
बुधरबार बोइङको सेयरमा ४ प्रतितको गिरावट आएको छ । बोइङको प्रतिद्वन्द्वी मानिदै आएको एयरबसको सेयर पनि ओरालो लागेको तर पछिल्लो समयमा सुधार आएको छ ।
चीनले लगाउने भनिएको भन्सारको कार्यान्वयनको समय अझै अज्ञातनै रहेको छ । तर चीनको वाणिज्य मन्त्रालये वार्षिक ५० अर्ब अमेरिकी सामानलाई निशाना बनाउने गरी तयार भएको जनाएको छ ।
विगतका केही साताहरुदेखिनै बोइङको सेयर ओरालो लागिरहेको छ । अमेरिका र चीनबीचको सम्भावित व्यापार युद्धका कारण बोइङको सेयर मूल्य ओरालो लाग्न थालेको छ ।
तर चीनको पछिल्लो घोषणा अगाडि सार्वजनिक भएको टिप्पणीमा सेयर अन्वेषक भ्यालुएन्टमले बोइङको समस्यालाई बढाइचढाई प्रस्तुत गरेको बताएका छन् ।
“चीनका विमान सेवाहरुले व्यापारिक प्रयोजनका विमानहरुको अर्डर रद्ध गरेपनि अन्य उपभोक्ताका कारण आपूर्तिलाई बढाउन सकिने उच्च लचक अवस्था रहेको छ,” टिप्पणीमा भनिएको छ ।
विश्वभरीका उपभोक्ताले आगामी २ दसकसम्मको अवधिमा ४१ हजार भन्दा बढी नयाँ वायुयानका लागि माग गर्ने अनुमान बोइङले गरेको छ ।
धेरैजसो माग नयाँ विमानका लागि ब्याकुल रहेको चीनबाट हुने छ । गत साता मात्रै फ्लाइट ग्लोबलले चाइना साउदर्न एयरलायन्स ग्रुपले आगामी ३ वर्षको अवधिमा ३०९ विमनको आपूर्ति लिन सक्ने जनाएको थियो ।
यो वर्ष बोइङले यो समूहलाई ७१ विमान आपूर्ति गर्ने तय भएको थियो । अहिलेसम्मको अवधिमा यो सम्झौता जोखिममा पर्ने वा नपर्ने केही जान्न सकिने अवस्था छैन ।