नोबेल क्वीज मेनिया सेमिफाइनल चरणमा प्रवेश «

नोबेल क्वीज मेनिया सेमिफाइनल चरणमा प्रवेश

विगत ६ वर्षदेखि एक्रेटिभ मिडियाले निर्माण गर्दै आएको लोकप्रिय हाजिरीजवाफ प्रतियोगिताको एसियाली संस्करण नोबेल क्वीज मेनिया ६, बिहीबारदेखि सेमी फाइनल चरणमा प्रवेश गर्दैछ । महानायक राजेश हमाल क्वीज मास्टर रहनुभएको सो कार्यक्रम हरेक बिहीबार बेलुकी ९ बजे कान्तिपुर एचडी टेलिभिजनमार्फत प्रसारण भइरहेको छ । विभिन्न एसियाली राष्ट्रहरुका १९ समूहहरुको कडा प्रतिस्पर्धाबाट उत्कृष्ट सावित भएकामध्येबाट ६ समूहबीच हुने सेमिफाइनल चरणको पहिलो शृंखलामा बंगलादेशबाट ढाका कलेज, फिलिपिन्सबाट फार इस्टर्न युनिभर्सिटी हाईस्कुल÷फिलीपिनी साइन्स हाईस्कुल र नेपालबाट सीसीआरसी कलेज र दोस्रो शृंखलामा भारतबाट बिरला विद्या निकेतन, नेपालबाट गण्डकी बोर्डिङ स्कुल र बंगलादेशबाट नोट्रे ड्याम कलेज एकआपसमा प्रतिस्पर्धा गर्दैछन् ।
सेमिफाइनलमा प्रथम हुने २ समूहका साथै यस चरणमा प्रवेश गरेका मध्येबाट अधिकतम अंक हासिल गर्ने एक समूह वाइल्ड कार्ड इन्ट्री व्यवस्थामार्पmत नोबेल क्वीज मेनिया ६ को फाइनलमा प्रवेश गर्नेछन् र शीर्ष उपाधिका लागि प्रतिस्पधा गर्नेछन् । नोबेल क्वीज मेनिया ६ को एसियाली संस्करणमा विजयी हुने समूहलाई पुरस्कार स्वरूप ५ लाख रुपैयाँ प्रदान गरिनेछ भने प्रथम तथा द्वितीय उपविजेताले क्रमशः ३ लाख रुपैयाँ तथा १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्