रेनोको नयाँ शोरुम नक्सालमा

रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइल्स् प्रालिले नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालभर यो रेनोको दोस्रो शोरुम हो । रेनो नेपालले सधै छिटो र छरितो सेवा जुनसुकै ठाउँमा पुराउन तत्पर छ । उक्त शोरुमको उद्घाटन एड्भान्स अटोमोबाइल कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एन्ड बिजनेस डेभलपमेन्ट प्रमुख नविन मिश्राले संयुक्त रूपमा गरेका हुन् । रेनोको एक्स्पर्ट एन्ड बिजनेस डेभलपमेन्ट प्रमुख नविन मिश्रले नयाँ शोरुम सञ्चालनसँगै ग्राहकहरूको बढ्दो माग सम्बोधन गर्न सहज हुने बताए ।