नासाले आवाजविहिन सुपरसोनिक यात्रु विमान बनाउने «

नासाले आवाजविहिन सुपरसोनिक यात्रु विमान बनाउने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासले लकहिड मार्टिनसँग मिलेर आवाजको गती भन्दा पनि तीव्र गतीमा उडान भर्ने सुपरसोनिक यात्रू विमान बनाउने भएको छ । यो विमानको विशेषता भनेको तीव्र गतीका बावजुद यो विमानबाट आवाज भने आउने छैन । अहिलेसम्म सुपरासोनिक प्रविधि केबल लडाकु विमानमा मात्रै प्रयोग हुदै आएको छ । तर नासाले यात्रु विमानमा पनि पहिलो पटक यो प्रविधिको प्रयोग गर्न लागेको हो ।
नासाले यो आयोजना पुरा गर्नका लागि लकहिड मार्टिनलाई छनौट गरेको छ । यसका लागि नासाले कम्पनीसँग २४ करोड ७५ लाख डलरको सम्झौता गरेको छ ।उपलव्ध जानकारीका अनुसार लकहिड मार्टिनले २०१६ मै यो विमानको ढाँचा तयार पारेको थियो । विमानको लम्बाई ९४ फिटको हाराहारीमा हुने र पंखाको चौडाई करिब २९.५ फिट हुनेछ । यो विमानको वजन अन्य यात्रु विमानको तुलनामा अत्यन्त हुलुका अर्थात ३२ हजार पाउन्ड हुनेछ ।
लकहिड मार्टिनले २०२१ सम्ममा विमानको एक प्रोटोटाइम बनाएर नासालाई उपलव्ध गराउने छ । विश्वमा यो विमानलाई ठूलो आवाजका कारण प्रतिबन्ध लगाइदै आएको छ ।विमानको परिक्षण करिब २०२५ सम्म चल्ने बताइएको छ ।
हाल न्यूयोर्कदेखि दिल्लीसम्मको उडान पुरा गर्नका लागि सामान्य विमानलाई १३ देखि १४ घन्टाको समय लाग्दै आएको छ । तर यात्रु विमानमा सुपरसोनिक प्रविधि प्रयोग भएपछि यो रुटको ११ हजार ४ सय ७६ किलोमिटरको दुरी पुरा गर्नका लागि केबल ७ घन्टाको समय लाग्ने छ । लकहिड मार्टिन विमानको गती प्रतिब घन्टा १ हजार ५ सय किलोमिटरको आसपासमा रहने अपेक्षा गरिएको छ । यो विमान जमिनबाट ५५ हजार फीटको अधिकतम उचाईमा उड्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्