रंगशाला बनाउने जग्गा खोज्न धुर्मुस टोली हेटौंडामा «

रंगशाला बनाउने जग्गा खोज्न धुर्मुस टोली हेटौंडामा

हेटौंडा-नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएसँगै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न जग्गाको खोजीमा लागेको धुर्मुस सुन्तली फाउन्डेशनले बुधबार हेटौंडाको गौरिटारमा रहेको जग्गा अवलोकन गरेको छ ।  हेटौंडा–६, गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सम्भाव्यताको खोजीमा  टोली हेटौंडा आएको हो । नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएसँगै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न जग्गाको खोजीमा लागेको धुर्मुस सुन्तली फाउन्डेशनले बुधबार हेटौंडाको गौरिटारमा रहेको जग्गा अवलोकन गरेको छ ।  हेटौंडा–६, गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सम्भाव्यताको खोजीमा  टोली हेटौंडा आएको हो । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’, हाँस्यकलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, मनोज गजुरेल, इञ्जिनियर र विभुषण झासहितको टोलीले जग्गा निरीक्षण गरेर फर्किएको हो । नेपालले क्रिकेटमा आजसम्मकै सबैभन्दा ठूलो सफलता प्राप्त गरे पनि क्रिकेट रंगशाला समेत नभएकाले निर्माणमा आफूहरु लागेको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए । जग्गा छनौट समितिले जग्गा तोकेपछि थप प्रक्रिया चाँडै अघि बढ्ने उनले बताए । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)की पूर्वसीईओ भावना घिमिरेलगायत रंगशाला निर्माण अभियानमा आबद्ध रहेको बताएपनि उनले समितिका पदाधिकारीबारे खुलासा गर्न चाहेनन् ।मुख्यमन्त्री पौडेलले गौरिटार रंगशालालाई खेलकुद पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने आफूहरुको योजनाअनुरुप धुर्मुस टोलीले बनाउन लागेको क्रिकेट रंगशालालाई जग्गा उपलव्ध गराउँदै सहयोग गर्न तयार रहेको बताए । जग्गा अवलोकन भन्दा पहिले टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलसँग भेट गरेको थियो ।फाउण्डेसनका अध्यक्ष कट्टेलले क्रिकेट रंगशाला निर्माण योजनाबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । नेपाल इञ्जिनियर्स एसोसिएसनका उपमहासचिव एवम् धुर्मुस सुन्तली फाउण्डेसनका प्राविधिक रविभुषण झाले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भए क्रिकेट खेल र खेलाडीको विकासमा कोशेढुंगा सावित हुने भनाइ राखे । ४० हजार जनाको क्षमताको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने अनुमान छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाङ्करण गर्ने तयारीसमेत धुर्मुस सुन्तली फाउण्डेसनको छ । क्रिकेटसहित अन्य प्रतियोगिता समेत खेल्न मिल्ने बहुउपयोगी रंगशाला निर्माण गर्ने बताउँदै फाउण्डेसनका अध्यक्ष कट्टेलले दुई सयदेखि तीनसय रोपनी जग्गा आवश्यक पर्ने बताए ।फाउण्डेसनले यसअघि मकवानपुरबाहेक, काठमाडौं, चितवन, रुपन्देहीलगायतको स्थानमा जग्गाको खोजी गरेको थियो । संघीय तथा प्रादेशिक सरकारलेसमेत क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक सहयोगको प्रतिबद्धता जनाएसँगै फाउण्डेसन टोली जग्गाको खोजीमा जुटेको हो ।मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, पूर्व अध्यक्ष बालकृष्ण दाहाल, कार्यालय प्रमुख राजन दाहाल खुशराज लगायतले अवलोकन टोलीलाई सहजीकरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्