सलबलाउन थाले रक्तचन्दन तस्कर «

सलबलाउन थाले रक्तचन्दन तस्कर

प्रतिवन्धित रक्तन्दन ओसरपसारमा संलग्न गिरोह फेरि सलबलाउन थालेका छन् । ५-६ वर्ष अघिसम्म काठको गोलिया बनाएर भारतबाट नेपाल हुँदै चीनसम्म रक्तचन्दन ओसारपसार गर्दै आएको गिरोह फेरि सक्रिय बनेसँगै प्रहरी पनि चनाखो बनेको हो ।
गोलिया आकारमा ठूलो परिमाणमा एकैपटक ओसारपसार गर्दा प्रहरी जाँच छल्न समस्या देखिएपछि तस्करले साना साना टुक्रा, तेल र गहनाको आकारमा यसको ओसारपसारमा ध्यान मोडेका हुन् । केही वर्षअघिसम्म काठका गोलिया आकारमा यात्रु तथा मालवाहक सवारीभित्र लुकाएर तातोपानी नाका हुँदै चीनतर्फ रक्तचन्दन तस्करी हुँदै आएको थियो । तर तस्करले प्रहरी सुरक्षाजाँच छल्न रक्तचन्दनलाई माला, भाँडा र तेल बनाएर चीनसम पुर्या उने रणनीति अपनाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडों प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल पनि प्रहरी सुरक्षा जाँच छल्न रक्तचन्दनलाई माला, भाँडाकुँडा र तेल बनाएर तस्करी हुने गरेको पाइएको बताउँछन् ।
गिरोहले भारतबाट नेपालसम्म रक्तचन्दन ल्याउने भरियालाई प्रतिकेजी ५ हजार सम्म दिने गरेको प्रहरीको दाबी छ । नेपाल भित्रिएको रत्तचन्दन भने चिनियाँ तस्करले १५ देखि २० हजार रुपैयाँ प्रतिकेजीमा खरिद गर्ने गरेको प्रहरी दावी छ ।
बुधबारमात्रै महानगरीय प्रहरी परिसर काठमाडौंले भाँडा र माला आकारको ११ केजी रक्तचन्दनसहित ३ जनालाई पक्राउ गर्यो । एसएसपी पोखरेलले भारतबाट नेपाल हुँदै चीनसम्म रक्तचन्दन तस्करी गर्ने गिरोह अझै सक्रिय रहेको बताए ।
“पहिले गोलियाको रुपमा तस्करले रक्तचन्दन भित्र्याउँथे, प्रहरी कारबाही बढाएसँगै तस्करीको रुप अहिले आएर बदलिएको छ,” एसएसपी पोखरेलले भने, “जुनसुकै रुपमा भएपनि हामी यसको अवैध कारोबार नियन्त्रण गर्न सक्रिय छौं ।”
भारतबाट ल्याइएको ११ केजी रक्तचन्दन पनि चीन लैजो तयारीमो रहेको प्रहरीको दावी छ । पक्राउ परेका अभियुक्तले पनि प्रहरी सुरक्षाजाँच छल्नलाई माला, भाँडाकुडा र तेल बनाएर रक्तचन्दन ओसारपसार गरिएको स्वीकार गरेका छन् । २०६४ पछि मात्रै प्रहरीले रक्तचन्दनको तेल, माला र गोलिया गरी करिव ३ लाख केजी बरामद गरीसकेको छ । यसको बजारमूल्य करिव ४ अर्बको हाराहारीमा पर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
२०६९ मंसिर २४ गते प्रहरीले माला बनाएर भित्र्याइएको १४ केजी रक्त चन्दन सहित भक्तपुरको सूर्यविनायकबाट तस्करलाई पक्राउ गरेको थियो । २०७० माघ २६ गते ४ लिटर रक्त चन्दनको तेलसहित सिंहदरबार प्रहरीले कालीमाटीबाट ३ जनालाई पक्राउ गर्यो । २०७० चैत ३० गते प्रहरीले काठमाडौंबाट बाह््रविसे जाँदै गरेको गाडीबाट ९८ केजी रक्तचन्दनका गोलिया बरामद गरेको थियो ।
२०७४ माघ १५ गते केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले २ सय ५० केजी रक्तचन्दनबाट बनेका काठमा चिरानसहित ४ जनालाई काठमाडौंको सरस्वतीनगरबाट पक्राउ गर्यो ।
अन्तर्राष्ट्रिय ब्यापार (साइटीस) महासन्धीको धर ८ अनुसार लोपोन्मूख बन्यजन्तु तथा बस्तुको चोरीशिकारी तथा ओसारपसार गर्न प्रतिवन्ध छ । त्यही व्यवस्थाअनुसार वन पैदावार मध्येको एक रक्तचन्दनको ओसारपसार तथा कारोबारलाई अबैध मानिँदै आएको छ । भारतको तमिलनाडु, आन्द्र प्रदेश लगायतका धेरैजसो घना जंगल रक्तचन्दनको छ । त्यहीबाट नेपाल हुँदै चीनसम्म यसको अबैध ओसारपसार हुने गरेको प्रहरीको भनाई छ ।
सुरुमा काठको गेलिया बनेर भित्रदै आएको रक्तचन्दन सुरक्षा कडाइपछि माला, भाँडा, चिरान काठ जस्तो आकारमा नेपाल हुँदै तस्करीको बाटोबाट चीनसम्म पुग्ने गरेको छ । भारतबाट नेपाल हुँदै चीनसम्म रक्तचन्दन पुर्या उन सके गिरोहले १५ देखि २० हजार रुपैयाँ सम्म लिने गरेको बताइन्छ । २०७१ फागुन तेस्रो साता मात्रै नेपाल सरकारले मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर नेपालमा बरामद करिव ५० करोड रुपैयाँ बराबरको रक्तचन्दन भारतलाई फिर्ता पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्