सातै प्रदेशका उत्पादन एउटै बिक्रीकेन्द्रमा

सरकारले सातै प्रदेशका उत्पादनलाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले राजधानीको बत्तिसपुतलीमा अन्तर्राष्ट्रियस्तरको बिक्रीकेन्द्र सञ्चालन गर्ने भएको छ । सातै प्रदेशका उत्पादनहरूलाई भिन्दाभिन्दै ‘क्लस्टर’ बनाइ स्वदेशीसँगै विदेशी पर्यटकसमेतलाई लक्षित गरी केन्द्र सञ्चालन गर्न लागिएको हो । बत्तिसपुतलीमा रहेको १० रोपनी जग्गामा केन्द्र सञ्चालनको प्रक्रिया अगाडि बढेको छ । यो बिक्रीकेन्द्र सञ्चालनमा आएपछि गाउँगाउँका उत्पादनहरू राजधानीवासीले एकैठाउँबाट खरिद गर्न सक्नेछन् ।
उद्योगसचिव यामकुमारी खतिवडाले लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार देशभरका उत्पादनलाई राजधानी ल्याउन र उद्यम विकासमा केन्द्रले मद्दत पुर्या उनेछ । सबै प्रदेशको उत्पादन एउटै ठाउँमा राखिने हुँदा प्रदेश–प्रदेशबीच प्रतिस्पर्धात्मक भावनाले उत्पादन बढाउन पनि सहयोग पुग्नेछ । साना उद्योगमा लुकेको रोजगारी भएकोले त्यस्ता उद्योगको प्रवद्र्धन र विस्तारका लागि पनि केन्द्र आवश्यक छ । अहिले बजारको अभावमा जुल्लाको स्याउ, कर्णालीको फापर, कोदो, सिमी, ऊनका कपडा हस्तकला, मूर्तिकलालगायतका विविध उत्पादनहरू यहाँ रहनेछन् ।
घरेलु तथा साना उद्योग विकास समितिका सहकार्यकारी निर्देशक विनोददेव पन्तले विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) सम्पन्न भएको भन्दै छिट्टै निर्माण प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । सातै प्रदेशमा उत्पादित मौलिक उत्पादनको स्थायी बिक्री कक्ष जसमा आ–आफ्ना प्रदेशका खासखास वस्तुहरू केन्द्रमा राखिनेछ । “नेपालमा आउने सबै पर्यटकलाई एकपटक अवलोकन गराउने उद्देश्यले केन्द्रको परिकल्पना गरिएको छ” उनले भने, “आउने आर्थिक वर्षको सुरुवातदेखि नै बिक्रीकेन्द्रको सञ्चालन हुनेछ ।” करिब ४० करोड रुपैयाँको लागतमा अन्तर्राष्ट्रियस्तरको बिक्रीकेन्द्र स्थापना हुनेछ । सरकारले स्वदेशी वस्तुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक खरिद प्रक्रियामा जानुपर्ने अवस्थामा पनि १५ प्रतिशत महँगोसम्मलाई मान्यता दिने निर्णय गरेको छ । साथै सरकारले उद्योगलाई दिने छुट, सुविधा तथा सहुलियत र आवश्यक पर्ने पूर्वाधारसम्बन्धी सेवा एकै ठाउँबाट उपलब्ध गराउन एकल विन्दु सेवा केन्द्र स्थापना गर्ने भएको छ । औद्योगिक व्यवसाय ऐनले यो अवधारणा ल्याएको हो । नेपालमा उद्योगधन्दाको विकास र विस्तारका साथै आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ । यो विधेयक हाल संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समन्वय समितिमा छलफलका लागि पुर्या इएको छ ।
घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरी नेपाली वस्तुको बजारीकरण कमजोर हुँदा पनि छायाँमा परेको बताउँछन् । देशभित्रै पनि विदेशी वस्तुको तुलनामा नेपाली वस्तु गुणस्तीय, लाभदायक र सस्तो भएपनि जानकारीको अभावले विदेशी वस्तुको प्रयोग बढेको उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको विक्री केन्द्रले सबै उत्पादन एकै ठाउँमा पाइनुका साथै उद्यमीहरूमा प्रतिस्पर्धामात्मक बतावरण सिर्जना हुने उनी बताउँछन् । उनले लगानीमैत्री बातावरण, सहज ऋणको व्यवस्था र नीतिगत रुपमा सरकारले सहयोग गरेमा हालको ५ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा सिमित रहेको उद्योग क्षेत्रको योगदानलाई बढाएर १५ प्रतिशतको हाराहारीमा पुर्या उन सकिने दावी गरेका छन् ।
केन्द्रको उद्योगले पाउने छुट, सुविधा वा सहुलियत प्रदान गर्ने निर्णय गरी कार्यान्वयन गर्नेछ । उद्योगलाई आवश्यक पर्ने विद्युत, पानी, दूरसञ्चारका साधन, जग्गा, सडक जस्ता पूर्वाधार सेवा उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्णय गरी कार्यान्वयन गर्न व्यवस्था छ । प्रस्तावित विधेयकमा एकल बिन्दु सेवाकेन्द्र स्थापना तथा सञ्चालनकासम्बन्धमा राजपत्रमा सूचना प्रकाशित गरी स्थान र केन्द्रका माध्यमबाट उद्योगहरूलाई पुर्या इने सेवा, केन्द्रमा रहने एकाइहरू र सेवा सञ्चालन समिति तोक्नुपर्ने उल्लेख छ ।