नक्कली परिक्षार्थी प्रकरण «

नक्कली परिक्षार्थी प्रकरण

जुम्ला-चैत ८ गते देखि शुरु भएको माध्यमिक शिक्षा परिक्षामा किर्ते गर्न सघाएर नक्कली परिक्षार्थी राख्न लगाउने जुम्लाका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कालिका माध्यमिक विद्यालय वड्कीका प्रधानाध्यापक खड्क वहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । राहदेव मावि मोफ्ला केन्द्रमा हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाको परिक्षा दिन आफ्नै विद्यालयको छात्रालाई नक्कली परिक्षार्थीका रुपमा राखेको उनी माथि आरोप छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक डा.तपन कुमार दाहालले परिक्षाहलमा परिक्षाथीं शंकास्पद देखिएपछि सोधुपछ गर्दा प्रधानाध्यापक शाहीले नक्कली परिक्षार्थी नभएको र नियमित विद्यार्थी भएको अडान राखेका थिए, उनका अनुसार मुचुल्कामा झुटो भएमा कार्वाही भोग्न तयार रहेको उल्लेख गरेका छन ।
उनले भने,प्रधानाध्यापक माध्यमिक शिक्षा परिक्षा केन्द्रको केन्द्राध्यक्ष र गार्ड पनि होईन,किर्ते गर्ने र गर्न लगाउने उसको अधिकार क्षेत्र भित्र पर्दैन, त्यसैले परिक्षाको मर्यादा विपरित क्रियाकलाप गर्दा नियन्त्रणमा लिएर हिरासतमै राखेर अनुसन्धान शुरु गरेका छौ ।
हिमा गाउँपालिका ३ स्थित सो केन्द्रमा रहेको कन्ट्रोललिष्ट,हाजिर रजिष्टर र परिक्षार्थीको विवरण र जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस भएको विवरण तुलना गर्दा परिक्षामा हलमा परिक्षा दिदै गरेकी बिमला बुढा नक्कली परिक्षार्थी भएको प्रमाणित भएको थियो । प्रवेश पत्रको जन्म मिती, नाम, ठेगाना र दस्तखतमा केरमेट गरेको भेटिएको थियो ।
प्रहरी नायव उपरिक्षक दाहालका अनुसार सक्कली परिक्षार्थीको जन्म मिती २०४४ भएकोमा केरमेट गरेर २०५४ वनाइएको छ । तैपनि प्रधानाध्यापकले नक्कली परिक्षार्थीको रुपमा सहभागिलाई आफ्नै परिक्षा भएको र खेतला परिक्षार्थी नभएको भनेपछि परिक्षाहलमा समावेश लगाइएको थियो । तर प्रहरीले विद्यालयलाई सम्वन्धीत परिक्षार्थीको विवरण माग गर्दा प्रधानाध्यापक शाहीले नै परिक्षार्थीको नाम विमला बुढा नभै हिमाली रोकाया भएको स्पष्टिकरण सहितको पत्र पठाएपछि प्रहरीले नक्कली परिक्षार्थी र प्रधानाध्यापक शाहीलाई नियन्त्रणमा लिइएको हो ।
विद्यालयका लेखापाल धर्मराज शाही पनि नक्कली परिक्षार्थी वनाउन संलग्न रहेको खुलेकोले पक्राउ गर्न खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । यो किर्ते काण्ड दबाव, प्रभाव र अभावको कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।
नक्कली परिक्षार्थीको रुपमा भेटिएकी विमला बुढा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन । खेतला परिक्षार्थी राख्ने गाउँपालिका उपाध्यक्ष रोकायाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
सागर परियार

प्रतिक्रिया दिनुहोस्