कर्णाली–चीन सडक आवश्यक
कर्णाली प्रदेशले चीनको उत्तरको नाक्चेनाग्ला नाका र हिल्सा नाका खुलाउने प्राथमिकता दिएको छ । तर, प्रदेश सरकार गठन हुँदा जति उत्साह अहिले देखिँदैन । भारतसँग खुला सिमाना नजोडएको यस प्रदेशले छिमेकीमुलुक चीनसँग सम्बन्ध बिस्तार गर्न सडकमा ध्यान दिनुपर्ने छ ।
कर्णालीको समृद्धिका लागि पनि चिनियाँ नाका खुलाउनु आजको आवश्यकता भएको कर्णालीवासीको एकमत छ । चीन जोड्ने नाका खोलिएको खण्डमा एक दिनमा कर्णालीका जुनसुकै क्षेत्रबाट चीनमा पुगिन सक्ने अवस्था छ । तर, आयात निर्यातका दृष्टिले पनि चीनको नाकालाई निकै सहज रूपमा हेरिएको छ ।
कर्णाली समृद्धिको विकल्प चीनसँगको नाका जाड्नुको अरू विकल्प छैन । प्रदेश सरकार निदाए पनि सबैले ब्यँुजाउनुपर्ने स्थिति आएको जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । आर्थिक हिसाबले कमजोर, शिक्षा, स्वास्थ्य, रोजगारीलगाायत कुनै पनि आधारभूत आवश्यकताले पछि परेको कर्णाली प्रदेशमा कुनै क्षेत्रमा व्यापारिक भन्सारले पनि छोएको छैन ।
भने न काहीँबाट सरकारलाई कर आउने क्षेत्र छ । भर्खर निजी क्षेत्र लगानीका लागि अध्ययन गर्दै छन् अध्यक्ष महतले भने । धेरै सम्भावानकाबीच पनि गरिबीको संज्ञा पाएको प्रदेशलाई चिनियाँ नाका खुलाउन आवश्यक छ । ५१ प्रतिशत गरिबी रहेको यो प्रदेशमा चीनसँगको खुला सिमाना जोड्न नसेको खण्डमा कर्णाली प्रदेश गरिबीबाट कहिले उन्मुक्ति नहुने विज्ञहरूको ठोकुवा छ ।
कर्णाली लगानी गरिसकेपछि लगानी कर्ताले पनि सहजै अन्य देशमा आयात निर्यातको सहज वातावरण खोज्छ । तर, त्यतिबेला पनि चीनसँगको नाका नखुलाएको अवस्था लगानी कर्ताहरू क्रमिक रूपमा घट्न सक्ने जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए ।
उनले भने, कर्णाली यसका यस विषयमा सेलाउनो हुँदैन । तत्काल चीन सरकारसँग कूटनीतिक परामर्श गरी चाँडो नाका खुलाउने वातावरण सिर्जना गर्न उनको सुझाव छ । चीन जोड्ने सडक विस्तार गरी नाका खोेल्छांै भनी भाषणमा जनतालाई मख्ख पारे पनि अहिलेसम्म चीन सरकारसँग कुनै समझदारी समन्वय भएको अवस्था छैन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही जनप्रतिनिधिहरूले आफ्ना प्रतिबद्धता नभुलेको दाबी गर्छन् । सरकार यतिबेला प्रदेश कानुन बनाउनतर्फ व्यस्त छ । तर, हामी चीन कूटनीतिक पलह गरिरहेका छौं । अहिले आर्थिक कार्यविधि तयारी कार्य चलिरहेको छ । सरकार चीनसँगको नाका खुलाउन प्रयासरत छ ।
तर, विभिन्न प्राविधिक कठिनाइनले समस्या भएको जुम्ला पुगेका कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले बताए । उनका अनुसार चाँडै कर्णाली हुँदै चीन जोड्ने सडक विस्तारमा पहल हुने जानकारी दिए ।
हामीलाई सम्झाउनु स्वाभिक हो । तर, प्रदेश सरकार चीनको नाका खुलाउने विषयमा मुर्दक नभएको दाबी गरे । कर्णालीमा रहेक कुरा सहज आफूर्ति हामी चीनबाट गर्छौं । त्यसको वातावरण पूर्ण सरकारले मिलाउने उनको भनाइ छ ।
–सागर परियार