नेपाल र दक्षिण कोरिया व्यापार प्रवद्र्धनमा जोड «

नेपाल र दक्षिण कोरिया व्यापार प्रवद्र्धनमा जोड

नेपाल र दक्षिण कोरिया दुई देशबीच आपसी सहकार्य गरी व्यापार व्यवसाय प्रवद्र्धनमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सले दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोको स्वागतमा मंगलबार राजधानीमा गरेको स्वागत कार्यक्रममा आपसी हितका लागि मिलेर अगाडि बढ्न दुई देशका अधिकारीहरू तयार भएको जनाएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीचको आर्थिक विकासका लागि मिलेर काम गर्न आग्रह गरे । नेपाली समानहरू विदेशमा न्यून मात्रै निर्यात हुने तर आयात अत्याधिक हुँंदा व्यापार घाटा बढिरहेको चर्चा गर्दै उहाँंले दुई देशबीच आपसी सहकार्य गरी अगाडि बढ्न आह्वान पनि गरे ।
श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सले प्रत्येक वर्ष काठमाडौंमा गर्दै आएको एक्स्पोमा कोरियाले सहभागिता जनाएर सहयोग गर्दै आएको चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर अझ मजबुत भएर अगाडि वढ्ने विश्वास व्यक्त गर्दै नेपालमा स्थायी सरकार बनेर लगानी योग्य वातावरण बनेकाले लगानीका लागि पनि कोरियाली पक्षसँंग आग्रह गरे ।
उक्त कार्यक्रममा दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोले दुवै देशको हितका लागि मिलेर जान आफूहरू तत्पर रहेको बताए । व्यापार लगानी प्रवद्धर्नका लागि नेपाललाई सहयोग गर्न पनि आफूहरू तयार रहेको उनले बताए । नेपालका लागि कोरियाली राजदूत पार्क योंग सिकले नेपाल र कोरियाबीचको निरन्तर सहकार्य हुँंदै आएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ तथा दीपककुमार मल्होत्रालगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्