चिनिया राष्ट्रपतिबारे पश्चिमको भ्रम «

चिनिया राष्ट्रपतिबारे पश्चिमको भ्रम

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालका सम्बन्धमा चीनमा हालै भएको संविधान संशोधनबारे पश्चिमाहरू अत्तालिएका देखिन्छन् । उनीहरूले नयाँ तानाशाहको नामसमेत दिएको छ । तर यो सोचाइ गलत छ । लामो शासनकाल पश्चिममा कमै सुनिन्छ । तर, जर्मनका चान्सलरले चौथो कार्यकाल सुरु गरेकोमा पश्चिमले आलोचना गर्नुको साटो स्वागत गरेको छ । पश्चिमाहरू मार्केललाई निर्वाचनले चुनेको तर सी भने त्यसरी नचुनिएको तर्क गर्न सक्छन् । तर, लोकतान्त्रिक चुनावमात्रै जिम्मेवार हुन्छ भन्ने मान्न सकिन्न ।
कार्यकाल तोकिनु मनोमानी रोक्नुभन्दा पनि प्रतिस्पर्धी र जिम्मेवार सरकार बनाउन हो । तर, कार्यकाल सीमित गर्दा यसको उल्टो हुन सक्छ । अमेरिकामा यसबारे लामो परम्परा छ । एलेक्जेन्डर ह्यामिल्टनले लेखेका छन्, नेताहरूलाई सर्वोत्तम कार्य गर्नका लागि इच्छा र संकल्प गर्न लगाउनुपर्छ । प्रशासनको विवेकी प्रणालीको स्थायित्वको फाइदा लिने नेताहरूलाई यस्तो समयावधि दिइनुपर्छ । १९४७ मा रुजवेल्ट चौथो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि दुई कार्यकालका लागि मात्रै राष्ट्रपति हुन पाउने गरी संविधान संशोधन गरियो । सुरुमा धेरैजसो राष्ट्रपतिले ठूला गल्ती गरेका छन् । कार्यकालको सीमा नतोकिएको भए अहिले ट्रम्प राष्ट्रपति बन्न पाउने थिएनन् । निश्चय नै कार्यकाल सीमित गरिनुका फाइदा छन् । देङ स्यायोपिङले सांस्कृतिक क्रान्तिपछि कार्यकालको सीमाको व्यवस्था गरेका हुन् । यसको उद्देश्य अराजक र तानाशाहले सधैं शासन गर्न नपाओस् भन्नु हो, तर चीनको नयाँ पुस्ताका नेताहरू सुशिक्षित मात्र हैनन्, तर अन्तर्राष्ट्रिय मान्यता र स्तरबारे समेत सचेत छन् । उनीहरू जिम्मेवार, बौद्धिक र तर्कसंगत ढंगले व्यवहार गर्न सक्छन् । यस सन्दर्भमा कार्यकालको सीमा हटाउनु र सी राष्ट्रपति रहिरहनुले धरै वर्ष लाग्ने जटिल सुधार प्रक्रियालाई निरन्तरता दिन सकिन्छ ।
पश्चिमाहरूको आलोचनाले सीले सत्तामा टिकिरहन धेरै तिकडम गरेको बताउँछ र केही मात्रामा ठीक पनि हो, किनभने प्रधानमन्त्रीले गर्नुपर्ने आर्थिक नीति निर्माणको निर्णय आफ्नो हातमा लिएका छन् । तर, बलियो नेता तानाशाह हुनुपर्छ भन्ने छैन । बलियो नेताले त महŒवपूर्ण सुधारमा अवरोध आउने स्वार्थहरूलाई सामान्यीकरण गर्न सक्नुपर्छ । सीले पहिलो कार्यकालमा आफ्ना विचारहरूको कार्यान्वयनमा आएका अवरोधहरूलाई राम्ररी चिनेका छन् र तिनलाई हटाउन प्रतिबद्ध छन् । एकल व्यक्तिको प्रदर्शन जस्तो यो होइन । पोलिटब्युरोका आधाभन्दा बढी सदस्यले सीलाई चुनेका हुन् । प्रमुख मन्त्रीहरूको चयनलगायतका विषयमा समझदारीहरू भएका छन् । चीनले पश्चिमाहरूको राजनीतिक मोडल अनुसरण गरेन भन्नु गलत हो । नेताहरू निर्वाचित नभए पनि उनीहरूको कार्य क्षमताको मूल्यांकन गरिएको हुन्छ । त्यस्तै चीनको सरकार जनताप्रति जिम्मेवार हुन्छ । सन्तुलन र नियन्त्रणमा अपर्याप्त छ जसलाई हालका वर्षमा बलियो पारिएको छ । नीति परिर्वतन गर्नुपर्दा पोलिटब्युरोबाट पास गराउनुपर्छ । त्यस्तै मतदानको प्रक्रिया पनि छ ।
पश्चिमाहरूले चिनियाँ राजनीतिक विकासलाई आफ्नो आँखाले हेर्ने काम गरेको यो पहिलो पटक होइन । पछिल्ला केही वर्षहरूमा सीले चलाएको भ्रष्टाचारविरुद्धको अभियानप्रति पश्चिमाहरूले आँखा ठूलो पारेका छन् । यसलाई विरोधी राजनीतिज्ञलाई हटाउन प्रयोग गरेको आरोप पश्चिमले लगाए पछि २० हजार अधिकृतहरू सीको विरोधी थिएनन् । यस्ता भ्रष्टाचारीविरुद्ध काम गरेकाले नै उनीप्रति सम्मान र समर्थन बढेको हो ।
पश्चिममा सरकारको जवाफदेहीलाई लोकतान्त्रिक चुनावबाट प्रमाणित गरिन्छ । तर चीनमा भने जनताको रुचि र आवश्यकतालाई कसरी प्रतिक्रिया दिन्छ र सुरक्षा गर्छ भन्ने आधारमा मापन गरिन्छ । नेताहरू सरकारमा बसिरहन देशको प्रगति र उच्च आम्दानीको अवस्था कायम गर्न सफल हुनुपर्छ भन्ने अपेक्षा गरिन्छ । तर, अहिलेको इतिहास एउटा पथप्रदर्शन हो, जसले चीनको राजनीतिक र आर्थिक प्रणालीलाई अझ बढी स्थिर बनाउन सक्छ ।
केयू सिन

प्रतिक्रिया दिनुहोस्