एनआईबीएल एस क्यापिटलको शाखा बिस्तार

एनआईबीएल एस क्यापिटलले एकैसाथ वीरगन्ज, बुटवल र विराटनगरमा थप ३ नयाँ शाखाहरू विस्तार गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी अहिलेको बजारमा एक अग्रणी कम्पनीको रूपमा स्थापित भई मर्चेन्ट बैंकिङअन्तर्गतका सेवाहरू विभिन्न संस्थाहरूलगायत सर्वसाधारणहरूलाई प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १ लाख ५० हजारभन्दा बढी हितग्राही खाता सञ्चालन गर्दै आइरहेको र बिभिन्न बैंक÷वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीको सेयर रजिष्ट्रेशनसम्बन्धी कार्य गर्दै आइरहेको पनि जानकारी दिएको छ ।
कम्पनीले हाल दिइरहेका सेवाहरू नेपाल इन्भेस्टमेन्ट बैंकका सबै शाखाहरूलगायत कम्पनीको लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा शाखाबाट उपलव्ध भई रहेकोमा हाल विस्तारित नयाँ शाखाहरूबाट समेत निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामूहिक लगानीकोषअन्तर्गतका सेवाहरू थप व्यवस्थित हुने विश्वास लिइएको पनि जनाएको छ ।