कुमारी बैंकको १७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम «

कुमारी बैंकको १७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

 कुमारी बैंकले १७ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १८ औंै वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवं ग्राहकहरू गरी १०३ जनाले रक्तदान गरेका छन् । यसै उपलक्ष्यमा बैंकले साताव्यापी रूपमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरूमार्फत विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ । कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरूपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्