ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता «

ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

 ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सकाबीच मंगलबार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरूमार्फत एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा योजनाहरू बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरूलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुरा उने उद्देश्येले दुई संस्थाकाबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेको भन्दै बैंकले आफ्ना ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सहज रूपले लिन सक्ने पनि बताएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्