जलविद्युत्ले समृद्ध बन्न सक्छ कालिकोट

उजाड रूपमा रहेको कालिकोटलाई समृद्ध कालिकोटका रूपमा विकास गर्न जलविद्युत् नै पहिलो प्राथकितामा हुनसक्छ । अन्नबाली उत्पादन कम हुने कृषि उत्पादनको विशेष क्षेत्र नभएका कारणले कालिकोट समृद्धि र विकासको आधारका रूपमा जलविद्युत् हो ।
कालिकोटमा हुम्ला कर्णाली र तिला कर्णाली लगायतका साना ठूला गरेर २ हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने खोलाहरू कालिकोटमा छन् ।
जलविद्युत्को क्षेत्रमा अहिले अध्यायन गरिएका केहीको काम अगाडि बढाइका जलविद्युत्का योजनाहरूलाई हेर्ने हो भने जिल्लामा ४ सय २० मेगावाटको तिला–१,४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडि बढेका छन् भने, १६ मेगावाटको पादमघाट जलविद्युत्, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति ऊर्जा मन्त्रालयले दिइसकेको छ ।
कालिकोटमा यी सबै आयोजना बनेका १ हजार ३१२ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छ । जसको उत्पादनले कालिकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रूपमा विकास सहयोग दिने देखिन्छ । त्योभन्दा पनि यस जिल्लामा थुप्रै उन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरू छन् तिनीहरूको उपयोगिता हुन सकेको छैन ।
कर्णाली कै आर्थिक विकासको आधार जल जंगल जडीबुटी रहेकाले यहाँको विकासमा जलविद्युत्को उपयोगमा नै कालिकोटको पहिलो आधार रूपमा रहेको पूर्व ऊर्जामन्त्री तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । “कर्णाली कै आर्थिक विकासको आधार जल जंगल जडीबुटी हुन् ।” उनले भने, “यो विशेष गरेर कालिकोटको आर्थिक विकास आधार खोज्ने हो भने जलविद्युत् नै पहिलो प्राथमिता हो ।”
नेपाल विद्युत् प्राधिकरणले तिला १ र तिला २ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताको लागि समझदारी भइसकेको छ । दुई जलविद्युत् आयोजनाको प्रबद्र्धधक एससी कम्पनीले तीन वर्षअघि नै यो कम्पनीले विद्युत् विकास विभागमा निर्माण अनुमतिका लागि आवेदन दिएको थियो । तर, विद्युत् खरिद सम्झौता भइसकेको र त्यसको निर्माण प्रक्रिया अगाडि बढेमा कर्णालीको आर्थिक विकास हुने खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए । “प्राधिकरण र एससी कम्पनीबीच अहिलेकै निर्देशिका अनुसार विद्युत् खरिद गर्ने र २०२४ सम्ममा प्रसारण लाइनमा जोड्ने भन्ने विषयमा समझदारी भएको छ ।” उनले भने, “यी दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन् । पिकिङ रन अफ दि रिभर को मापदण्ड अनुसार नै यसको पीपीए भएको छ ।”
४२० मेगावाटको तिला–१ परियोजनाबाट कालिकोट जिल्लाका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने र तिला दुईमा यिनै क्षेत्र प्रभावित हुने विद्युत् निर्माण प्रबद्र्धक कम्पनी एसी पावर आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए । “आयोजनाहरूको निर्माण सन् २०२३ मा सक्ने लक्ष्य राखिएको छ । तर, प्राधिकरणले तयार पारेको प्रसारण लाइन गुरुयोजना अनुसार, त्यस क्षेत्रमा प्रसारण लाइन सन् २०२५ सम्म बन्नेछ ।”
त्यस्तै फुकोट कर्णाली आयोजना कम्पनीले जिम्मा लिएको छ । यो आयोजनाको क्षमता ४२६ मेगावाट छ । आयोजनाको लागत करिब ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । यो आयोजना बनेका कर्णाली क्षेत्रमा विद्युत् निकै फड्को मार्ने स्थानीयको बुझाइ छ ।
कालिकोटमा विद्युत् क्षेत्रमा मात्रै विकास गर्ने हो हजारौं रोजगारी, विद्युत्मा लगानी अवसर पाउने जिल्ला समन्वय समितिका कालिकोटका प्रमुख अनिपाल शाहीले बताए । “उजाड डाँडाहरूमा हामीसँग अरू आयआर्जनका खासै स्रोत छैनन् ।” उनले भने, “त्यसको एउटै आधार भनेको कर्णालीमा बग्ने प्रसस्त पानी हो । त्यसैको उपभोगमार्फत मात्र कालिकोटको आर्थिक विकास हुन सक्छ ।”
कालिकोटलाई जलविद्युत् हबमा विकास हुँदै पश्चिम नेपाल कै जलविद्युत् हबका रूपमा कालिकोटमा विकास हुन लागेको छ । जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडि बढेका छन् भने, “१६ मेगावाटको पादमघाट जलविद्युत्, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण भएमा जलविद्युत् हबका रूपमा विकास हुनेछ ।”
कर्णाली कै आर्थिक विकासको आधार जल जंगल जडीबुटी रहेकाले यहाँको विकासमा जलविद्युत्को उपयोगमा यो वर्ष निकै ठूला उपलब्धि भएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । “कर्णाली कै आर्थिक विकासको आधार जल जंगल जडीबुटी हुन् ।” उनले भने, “यो वर्ष कालिकोटमा जलविद्युत्का प्रसस्त मार्ग खुलेका छन् ।
भर्खेरै मात्र सरकारले कालिकोटमा आयोजना स्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ ।
जलविद्युत् आयोजनामा स्थानीय सेयरलगायतका रोजगारीको अवसर जुट्ने कारणले यहाँको स्थानीयवासी निकै उत्साहित भएका छन् ।
दर्जर्नौ लघुजल विद्युत् आयोजना अलपत्र
कालिकोट जिल्लामा सञ्चालन रहेको निर्माण कार्य थालिएका दर्जनौं लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा छन् । जिल्लाका झन्डै २० मेगावाट उत्पादन हुने सक्ने लघु जलविद्युत् आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मत सम्भारको अभावलगायतका कारणले अलपत्र अवस्थामा छन् ।
जिल्लाको तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघुजलविद्युत् आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत् आयोजना, ३ किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघुविद्युत् आयोजना विद्युत् बलेर मर्मत सम्भारको अभाव बन्द भएका छन् भने ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत् आयोजना, ३० किलोवाटको बालिगाड खोला लघु जलविद्युत् आयोजना लगाएतका दर्जनौैं आयोजना रकम अभावका कारणले अलपत्र अवस्थामा छन् ।
कालिका गाउँपालिकाकै घट्टेगाड जलबिद्युत आयोजना (१८ किवा), थिर्पुगाड जलविद्युत् आयोजना (२० किवा), साना माइक्रो हाइड्रो (१५ किवा), नरहरीनाथ गाउँपालिकाको माल्कोट माइक्रो हाइड्रो (३० किवा) आयोजनाहरू काम अगाडी बढेको भए पनि रकम अभावका कारण आयोजना काम सुरु हुन सकेको छैन ।
जिल्ला सदरमुकाम लगायतका केही केही नगरपालिका र गाउँपालिकामा विद्युत् सेवा दिँदै आएका ५०० किलोवाटको सञ्चालनमा रहेको र महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट उत्पादन क्षमता भएको भ्याकुनेगाड जलविद्युत् आयोजना मात्र सञ्चालनमा छन् ।
जिल्लामा जलविद्युत्का आयोजना दर्जनौं भए पनि कयौं मर्मत सम्भार, रकम अभावलगायतका कारणले बन्द हुन पुगेका र कुनै आयोजना रकम अभावका कारणले ढिला भइरहेको तिलागुफा नगरपालिकामा प्रमुख रतनबहादुर शाहीले बताए । “कुनै मर्मत सम्भार कुनै आयोजनाका रकम अभावका कारणले आयोजना बन्न सकेका छैनन् ।” उनले भने, “हामी आयोजना निर्माणको पहल चालिरहेका छौं ।”
त्यस्तै, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघु जलविद्युत् आयोजना, ५० किलोवाट क्षमता भएको कालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना भर्ता, तिलागुफा नगरपालिकाको १०० किलोवाट क्षमता भएको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघुजलविद्युत् आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत् आयोजना सुकाटीया निर्माणको काम थालिएको भए पनि रकम अभावका कारणले निर्माण कार्य ढिलाइ भएको कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले बताए । “कयौं आयोजनाहरू निर्माण कार्य थालिएको छ ।” उनले भने, “रकम अभावका कारणले ती आयोजना बन्न सकेको छैनन् ।”
–रमेश रावल