चीन अन्तिम अवस्थासम्म व्यापार युद्ध लड्न तयार

अमेरिकाको ट्रम्प प्रशासनसँग वार्ताका लागि खुला रहेको बताएपनि व्यापार युद्ध भएमा अन्तिम समयसम्म लडिरहने चीनले जनाएको छ । अमेरिकाले स्टिल र आल्मुनियमा शुल्क लगाएको प्रतिउत्तरमा चीनले मंगलबार १२८ अमेरिकी उत्पादनमा शुल्क लगाउने घोषणा गरेको थियो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता सुआङले मिडियासँगको कुराकानीमा चीनले मंगलबार अमेरिकाको उत्पादनमा ३ अर्ब डलरको आयात शुल्क लगाएको बताएका छन् । यसमा मासु, फलपफूल लगायतका उत्पादन समावेश छन् । चीनले कहिलेपनि व्यापार युद्ध नचाहेको उनले बताएका छन् । तर व्यापार युद्धबाट चीन नअत्तालिने पनि उनले बताए ।
यदी कसैले व्यापार युद्ध गर्छ भने चीन अन्तिम समयसम्म पनि लडिरहने उनले बताए । यसको साथसाथै उनले चीन छलफलका लागि खुला रहेको विषयमा जोड दिएका छन् । उनले अमेरिकासँगको व्यापारिक मतभेद कुराकानीको माध्यमबाट समाधाा गर्न सकिने बताए ।