Logo

कारोबारकर्मी गौतम पुरस्कृत

म्याग्दी- जिल्ला सहकारी संघले कारोबार राष्ट्रिय आर्थिक दैनिकका म्याग्दी संवाददाता सन्तोष गौतमलाई सहकारी पत्रकारिता पुरकार प्रदान गरेको छ । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार बेनीमा आयोजित समारोहमा संघले पत्रकारिताको माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा योगदान गरेबापत नगद तीन हजार रुपैयाँसहित गौतमलाई पुरस्कार प्रदान गरेको हो ।
पुरस्कार वितरण गर्दै प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले सहकारीले गरिबलाई समेटेर उत्पादनमूलक गतिपिधिलाई प्राथमिकता दिनुपर्ने बताइन् । महिलाको आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने नीति तथा कार्यक्रम र योजनाको आवश्यकता रहेको मन्त्री पुनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्