असार मसान्तसम्म दोस्रो किस्ता «

असार मसान्तसम्म दोस्रो किस्ता

निजी आवास पुनर्निर्माणका लागि भूकम्प प्रभावितले दोस्रो किस्तावापतको रकम अब असार मसान्तसम्म लिन पाउने भएका छन् । दोस्रो किस्ता लिने म्याद सकिन १० दिनमात्र बाँकी रहँदा समयसीमा बढाइएको हो ।निजी आवास पुनर्निर्माणका लागि भूकम्प प्रभावितले दोस्रो किस्तावापतको रकम अब असार मसान्तसम्म लिन पाउने भएका छन् । दोस्रो किस्ता लिने म्याद सकिन १० दिनमात्र बाँकी रहँदा समयसीमा बढाइएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको मंगलबार भएको बैठकले म्याद थप्ने निर्णय गरेको हो । पहिलो किस्ता लिएर लामो समयसम्म निजी आवास नबनाएपछि प्राधिकरणले चैत मसान्तसम्मको समयसीमा तोकेको थियो । २०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षतिग्रस्त संरचनामध्ये सरकारले तीन वर्षभित्र निजी आवाससहित पाँच वर्षभित्र पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्य राखेपनि तीन वर्षभित्र हालसम्म ५० प्रतिशत पनि निजी आवास पुनर्निर्माण भएको छैन ।  बैठकले भूकम्पपीडित लाभग्राहीले निजी आवास अनुदानको दोस्रो किस्ताबापतको रकम लिने समयसीमा तीन महिना बढाएर २०७५ असार मसान्तसम्म कायम गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्दै निजी आवास पुनर्निर्माणलाई जोड दिनुपर्ने बताए । “सबैभन्दा पहिलो भूकम्पप्रभावित जनता खासगरी बालबालिका, बुढाबूढी, अशक्त, अपांगता भएका व्यक्तिहरू, गर्भवती महिला र बिरामीलाई सुरक्षित छानोमुनि ल्याउने काम प्राथमिकतामा पर्नुपर्छ,” उनले भने । बैठकमा ओलीले भूकम्पप्रभावितले अनुदान पाउने प्रक्रियालाई सहजीकरण र सरलीकरण गर्नु पर्नेमा जोड दिँदै आवश्यक परे ऐन, नियममै संशोधन गरी झन्झटिला प्रावधान हटाउनु पर्ने बताए । बैठकमा प्राधिकरण र यसअन्तर्गत रहेका केन्द्रीय एवं जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइको मौजुदा संगठन संरचना एवम् परिवर्तित सन्दर्भमा प्राधिकरणबाट प्रस्ताव गरिएको संगठनको पुनर्संरचनाको खाकामा विस्तृत छलफल भएको थिगयो । छलफलमा उठेका सुझावहरूलाई समेत मध्यनजर गरी प्रस्तावित संरचनामा सामान्य हेरफेर गर्नुपर्ने भए सोहीअनसार गरी कार्यान्वयनमा लैजान समेत प्रधानमन्त्रीले निर्देशन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्