भारतको सीमामा नेपालले ड्रोन राख्ने «

भारतको सीमामा नेपालले ड्रोन राख्ने

पछिल्लो समयमा भारत–नेपालबीचको सम्बन्धमा चीनको पनि उपस्थिति देखिएको छ । चीन लगातार नेपाललाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा लागि परेको छ । यसैबीच नेपालले भारतीय सीमामा निगरानी गर्नका लागि ड्रोन तैनाथ गर्ने फैसला गरेको छ । नेपाली गृहमन्त्री राम बहादुर थापाले सोमबार यसको घोषणा गरेका हुन् ।
गृह मन्त्रालयको ८२ सुत्रिय सुधार योजना सार्वजनिक गर्दै उनले भने,“हामीलाई ड्रोनको उपयोगितामा वर्तमान दिशा–निर्देशको परिवर्तन गर्न आवश्यक देखिएको छ । त्यसैले भारत–नेपाल सीमामा निगरानी गर्नका लागि ड्रोनको उपयोगको जरुरी देखिएको छ ।”
उनले भनेका छन्,“भारतले प्रत्येक किलोमिटमा सैन्य चौकिको स्थापना गरेको छ, तर हामीले मुश्किलले २५ किलोमिटरमा एउटा चौकी बनाएका छौ । सीमामा देखिने चुनौतीसँग जुझ्नका लागि हामी ड्रोनको प्रयोग गर्छौ ।” नेपाल र भारतबीच झन्डै १८ हजार किलोमिटरको खुला सिमाना छ । यसलाई कुनै अनुमतीबिना पनि पार गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्