भिवोरलाई ३ कम्पनीको सेयर कारोबारको जिम्मा «

भिवोरलाई ३ कम्पनीको सेयर कारोबारको जिम्मा

अपि, अरुण र कावेली जलविद्युत् कम्पनीले आफ्नो सेयर रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी भिवोर क्यापिटल लिमिटेडलाई हस्तान्तरण गरेको छ ।
अपि पावर कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलप्मेण्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेडले आफ्नो सेयर रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य भिवोर क्यापिटल लिमिटेडलाई हस्तान्तरण गरेको हो । तीनवटै कम्पनीको सेयर रजिस्ट्रेसनसम्बन्धी कार्य आगामी वैशाख २ गतेबाट भिवोर क्यापिटल लिमिटेडमार्फत हुने ती कम्पनीहरूले जनाएका छन् ।
अरुण कावेली पावर लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष गुरु न्यौपाने, अरुण भ्याली हाइड्रोपावर डेभलप्मेण्ट कम्पनी लिमिटेडका तर्फबाट सो कम्पनीका अध्यक्ष रमेश न्यौपाने र अपि पावर कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सिर्जना दंगाल र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीविक्रम थापाले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्