पुटिनलाई अमेरिका भ्रमणको निम्तो «

पुटिनलाई अमेरिका भ्रमणको निम्तो

अमेरिका र रुसबीच नयाँ सम्बन्धको ढोका खुल्ने संकेत देखिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीले सोमबार अमेपिरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई ह्वाइट हाउस भ्रमणको निम्ता दिएको बताएका छन् ।
पुटिनलाई यो निम्ता गत महिना ट्रम्पसँग फोनमा भएको वार्ताका समयमा आएको बताइएको छ ।
ट्रम्प र पुटिनबीच २० मार्चमा टेलिफोनमा कुराकानी भएको थियो । उक्त समयमा ट्रम्पले पुटिनलाई चुनावमा जीतका लागि बधाइ समेत दिएका थिए । दुवै देकका राष्ट्रपतिबीच विभिन्न विषयमा कुराकानी भएको र कुराकानीकै क्रममा पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएको ह्वाइट हाउसले जनाएको छ ।
तर ततकाल पुटिनका लागि अमेरिका भ्रमणको समय नभएको पुटिनका सहयोगीले बताएका थिए । यद्यपि ह्वाइट हाउसका सेक्रेटरी सारा सेन्डर्सले ट्रम्पले पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएको पुष्टि गरेकि छन् ।

 

प्रतिक्रिया दिनुहोस्