चिनियाँ अन्तरिक्ष स्टेसन दक्षिण प्रशान्तमा झर्यो «

चिनियाँ अन्तरिक्ष स्टेसन दक्षिण प्रशान्तमा झर्यो

चीनको टियाङगोङ–१ अन्तरिक्ष स्टेसन पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको र दक्षिण प्रशान्तको मध्यमा जलेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ ।
यो स्टेसन वायुमण्डलमा बिहान ८ः१५ मा पुनः प्रवेश गरको यसको बहुसंख्यक अंश जलेर नस्ट भएको आधिकारिक निकायले आफ्नो वेब साइटमा राखेको छाटो विज्ञप्तिमा जनाएको छ ।
यो भन्दा अगाडि चिनियाँ निकायले ब्राजिलको साओ पाओलो र रियो दि जेनेरियो सहरको नजिक दक्षिणी आन्ध्र महासागरमा पुनः प्रवेश गर्ने जनाएको थियो ।
अमेरिकी एयर फोर्स १८ औं स्पेस स्क्वाड्रोनले पृथ्वीको कक्षमा कृतिम बस्तु आएको पहिचान गरेको थियो । फोर्सले पनि टियाङगोङ–१ दक्षिणी प्रशान्तको वायुमण्डलमाथि पुनः प्रवेश गरेको जनाएको थियो ।
फोर्सले अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान दक्षिण कोरिया र बेलायती समकक्षिसँगको समन्वयमा उक्त स्टेसन पृथ्वीमा पुनः प्रवेश गरेको पुष्टि गरेको थियो ।
टियाङगङ–१ को अवशेष ताहिटीको उत्तरपश्चिमको १ सय किलोमिटर पर झरेको अस्ट्रेलियन नेसनल युनिभर्सिटीका खगोलविद् ब्राड टुकरले बताए ।
सानो अंश सतहमा आएको उनले बताए । यसको ९० प्रतिशत हिस्सा वायुमण्डलमै जलेर नस्ट भएको र १० प्रतिशत मात्रै पृथ्वीमा आएको उनले बताए । झरेको अंशको वजन अझैपनि ७ सय देखि ८ सय किलोसम्मको भएको
बताइएको छ ।
यो एउटा समुद्रमा फोहोरको अंश जत्तिको मात्रै भएको बताइएको छ ।
बेइजिङले शुक्रबार जमिनमा ठूलो हिस्सा जाने सम्भावना न्यून भएको जनाएको थियो । यो याता २०११ मा लन्च गरिएको थियो । चीनले २०२३ सम्ममा कक्षमा स्थायी रुपमा अन्तरिक्षन स्टेसन राख्ने महत्वाकांक्षि योजना बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्