अमेरिका–चीन व्यापार युद्धको सम्भावना न्यून

सोमबार चरमोत्कर्षमा पुगेको अमेरिका र चीनबीचको व्यापार युद्धले पूर्ण अकार लिने सम्भावना न्यून भएको रणनीतिकार स्कट रेनले बताए ।
चीनले अमेरिकी सामानमा लगाएको नयाँ भन्सार विश्वव्यापी व्यापार सम्बन्धमा सानो आकारको मात्रै भएको उनले बताए ।
“दुई मुलुकबीचको व्यापारको आकार स्पष्ट रुपमै ठूलो छ र चीनले लगाएको भन्सार विलकुल सानो छ । त्यसैले मलाई लाग्दैन यसमा ठूलो विस्तार हुनेछ,” उनको भनाई थियो ।
आफूले अमेरिका र चिनियाँ नीति निर्माताबीच पुनः छलफलको सम्भावना देखेको र परिस्थिति हालको भन्दा फरक भएको उनले बताए ।
“पूर्ण आकारको व्यापार युद्धको सम्भावना न्यून भएको मैले देखेको छु,” उनको तर्क थियो ।
लामो समयसम्म दुई मुलुकबीचको तनावको कारण बन्दै आएको आरोपित बौद्धिक सम्पत्तिको चोरीको विषयलाई लिएर ह्वाइट हाउसले प्रस्ताव गरेको भन्सारको बारेमा आफू चिन्तित भएको उनले बताए ।
अमेरिकी प्रविधि कम्पनीहरुको चीनमा ठूलो व्यवसाय रहेको उनले बताए ।
“उनीहरु आफ्नो प्रविधि हस्तान्तरण गर्ने र उनीहरुको अधिकार चीनलाई बिक्री गर्ने पक्षमा छैनन्,” रेनले भने ।