डायलाईसिस निःशुल्क भएपछि नेपाल मेडिकल कलेजमा बिरामीको चाप बढ्यो «

डायलाईसिस निःशुल्क भएपछि नेपाल मेडिकल कलेजमा बिरामीको चाप बढ्यो

मिर्गौलाका बिरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण डायलाईसिस निःशुल्क गरेपछि अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ । केही समय यता नेपाल मेडिकल कलेज जोरपार्टीमा डायलाईसिस गराउने बिरामीहरुको संख्या उल्लेख्य मात्रामा छ । अहिले १ सय २ जनाले नियमीत रुपमा डायलाईसिस गराईरहेका छन् । डायलाईसिस युनिटकी ईन्चार्ज उषा कार्कीका अनुसार नियमीत १ सय २ जना डायलाईसिसका बिरामी रहेपनि कहिले काही ईमजेन्र्जी केसहरु आउने भएकाले केही बढ्न पनि सक्छ । सामान्य तथा अहिले नेपाल मेडिकल कलेजमा १ सय २ जनाको संख्यामा डायलाईसिसका बिरामीले नियमीत सेवा लिइरहेका छन् । तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाको निर्देशनमा मन्त्रालयले आवश्यकता अनुसारको डायलाईसिस निःशुल्क गर्न आग्रह गरेको थियो । बिरामीले मृगौला प्रत्यारोपण नगर्दा सम्म हप्तामा तीन पटक सम्म डायलाईसिस गर्नुपर्छ । डायलाईसिस गर्दा हरेक पटक २५ सय रुपैया लाग्छ कार्कीले भनिन । हप्ताको तीन पटक र प्रत्येक पटक २५ सय रुपैयाका दरले डायलाईसिसका लागि मात्रै हरेक हप्ता कम्तीमा ७५ सय रुपैया खर्च लाग्ने भएपछि सरकारले सेवा निःशुल्क गरेको हो । बिरामीको सहजताका लागि नेपाल मेडिकल कलेजले दिनमा तीन सिफ्ट गरेर डायलाईसिस सेवा दिएको छ । हाल सालै ल्याएका जर्मनीका १४ र जापानीज २ वटा मेसिनबाट सेवा दिएको कार्कीले स्पष्ट पारिन । उनले अवस्था हेरेर हरेक दिन ३८ जनाको डायलाईसिस हुदै आएको पनि बताईन । बिरामीलाई कुनै पनि संक्रमण नहोस भनेर कलेजले नया उपकरणको प्रयोग गरि सेवा दिएको हो । बिरामीको चाप बढेको छ उपकरण कम छ त्यसैले बिरामीको चापलाई ध्यानमा राखेर उपकरण थप्न सके अझै सेवालाई प्रभावकारी बनाउन सकिने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्