कर्मचारी विवादले मणिपाल अस्पतालको सेवा ठप्प «

कर्मचारी विवादले मणिपाल अस्पतालको सेवा ठप्प

पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार बिहानदेखि इमर्जेन्सी बाहेक सवै सेवा ठप्प भएको छ । कर्मचारी विवादले झडप भए पछि हाल अस्पतालको ईमर्जेन्सि बाहेकका सवै सेवा ठप्प भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निर्देशक डा. भिजे सिंगीले अस्पतालमा कर्मचारी विवादले गर्दा झडप उत्पन्न भएसंगै अस्पतालमा सेवा दिने वातावरण नभएकोले गर्दा हाल आकास्मित (ईमर्जेन्सि) सेवा बाहेक सवै सेवा ठप्प भएको बताए ।
तलव बृद्धिको माग गर्दै आन्दोलित भएका कर्मचारीलाई प्रहरी प्रशासनले एकाएक धर्नामा बसेकालाई नियन्त्रणमा लिन थाले पछि झडपको स्थिती सृजना भएको कर्मचारीले बताए । झडपको क्रममा कर्मचारी र प्रहरी दुबैै तर्फ ७-७ जना घाईते भएको बताईएको छ । झाडपको क्रममा कर्मचारीले ईट्टा, व्लक, ढुंगा, कुर्सीले प्रहरी माथि प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खडग बहादुर खत्रीले बताए । उनका अनुसार धर्नामा बसेका कर्मचारीले प्रहरीलाई एकाएक ढुंगा मुडा गरे पछि प्रहरीले सामान्य लाठ्ठी चाज गरी केहिलाई नियन्त्रणमा लिएको बताए ।
कर्मचारीले भने डिनको कार्यालय अगाडी धर्नामा बसेका कर्मचारीलाई एक्कासी पक्राउ गरी नियन्त्रणमा लिन थालेसंगै झडप भएको बताएका छन। डिएसपी खत्रीका अनुसार घाईते हुने प्रहरी जवानहरुमा विपिन थापा मगर, अन्जना घर्ती, गोविन्द राजकोटी, गम बहादुर थापा, रुपलाल थापा, एमुना राजकोटी, तुलसा पोखरेल रहेका छन। झडपको क्रममा घाईते हुने कर्मचारीहरुमा राजबहादुर घर्ती कर्णबहादुर के.सी. र अमर बहादुर गुरुङ लगायतका ७ जना रहेको बताईन्छ । उनिहरुलाई टाउको, हात, खुट्टमा चोट लागेको छ। प्रहरीले हालसम्म २० जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अस्पातलका डिनको कार्यालयको झ्यालको सिसा फोरिएको छ । कर्मचारी र प्रहरी बिच सामान्य भनाभनकै क्रममा झडप भए पछि मणिपाल शिक्षण अस्पातलमा केहि वेर तनाव भएको थियो । अस्पताल प्रशासनले अस्पतालको क्षमता अनुसार चिकित्सकको तलब बढाउन नसक्ने भएकोले आफुहरुले तलव बृद्धि गर्न नसेको अस्पताल श्रोतले जनाएको छ। अस्पतालमा दैनिक जसो एक हजार जसा सेवाग्राहीहरु आउने गर्छन ।
विगत ९ मिहना देखि तवलको बिषयमा कर्मचारीले अस्पताल प्रशासनसंमक्ष माग राख्दै आउने क्रममा विगत १२ दिन देखि डिनको कार्यालय अगाडी विहान ९ देखि १२ बजेसम्म कर्मचारीले बिरोध गर्दै धर्ना दिदै आएका थिए ।
यस बिषयमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मोहन बहादुर वाँस्तोलाले आफुहरुले कर्मचारीको तलव बृद्धिको बिषयमा प्रशासनसंग करिब १२ पटक बसेको वार्तामा अस्पताल प्रशासनले कर्मचारी प्रति वेवास्था गर्दै आएको आरोप लगाए । उनले भने “ अस्पताल प्रसासनले कर्मचारीलाई दबाबमा पारेको छ, उनीहरुको जाहेज मागको सम्वन्धमा वार्ता र छलफलको विकल्प हुदा हुदै कसरी प्रहरी प्रशासन लगाईयो म आफै अचम्मित भएको छु । ”

प्रतिक्रिया दिनुहोस्