‘एन्टिबायोटिक्स सचेतना सप्ताह’ सुरु «

‘एन्टिबायोटिक्स सचेतना सप्ताह’ सुरु

‘विश्व एण्टिबायोटिक्स सचेतना सप्ताह’ सुरु भएको छ । स्वास्थ्य मन्त्रालय, पशुपंक्षी विकास मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, कृषि विकास मन्त्रालयले संयुक्त पत्रकार सम्मेलन एण्टिबायोटिक्स सप्ताह मंसिर ३ गतेसम्म चल्ने जानकारी दिएका छन् ।
पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.केशवप्रसाद प्रेमीले मानिसमा लाग्ने अधिकांश रोगहरू पशुपंक्षीहरुबाट लाग्ने बताए । उनले भने, “प्रायः रोगहरु जनावरबाट सर्ने गर्छन् । कुखुरा, राँगा, बोका, खसी र दूधबाट पनि रोगहरु लाग्ने गर्छन् । उपभोग गरिने माछा, मासु, दूधले मानव शरीरमा कत्तिको असर पर्छ भन्ने कुरा अहं बन्छ । पशु बिरामी हुँदा खुवाइएको एण्टिबायोटिक्सले मानव शरीरमा नकारात्मक असर गर्छ ।”
औषधि व्यवस्थापन विभागका महानिर्देशक डा.नारायण ढकालले सन् २०२० पछि बजारमा एण्टिबायोटिक्स औषधि नपाइने बताए । उनले भने, “हाम्रो विभागबाट बजारमा एण्टिबायोटिक्स पठाउने काम पूर्ण रुपमा बन्द गरिसकेको छ । बिरामी पर्दा सामान्य औषधी पसलमा पुग्ने र चेकअप नगरेरै औषधि र एण्टिबायोटिक्स सेवन गर्नाले झनै समस्या सिर्जना गर्छ ।”
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले स्वास्थ्यसँग जोडिएका कुराहरुको बारेमा जनस्तरसम्म सचेतना पु¥याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्