सेयर बजार ४० अंकले बढ्यो
काठमाडौं : सेयर वजारलाई विभिन्न समयमा विभिन्न क्षेत्रले असर गरिरहेको हुन्छ । कहिले राजनीतिक कारण त कहिले आर्थिक कारण हुन्छ । विश्वभर नै सेयर वजार यीनै २ कारणले नै प्रभावित बन्दछ । हाम्रो जस्तो देशमा त आर्थिकभन्दा राजनीतिक कारणवाट वजार अझ धेरै प्रभावित हुने गरेको छ ।
लगानीकर्ताले जहिले पनि राजनीतिक स्थायित्व खोज्ने गरेका छन ताकी सेयर वजार यसको प्रभावमा नगरोस् । हिजोआज राजनीतिभन्दा पनि नेपाली सेयर वजार आर्थिक घटनाका कारण प्रभावित देखिन्छ । मूल्य अभिवृद्धि कर (भ्याट) या पँुजीगत लाभ कर होस् वा ब्रोकर कमिसन नै विषयमा कुरा उठेपनि मारमा पर्ने लगानीकर्ता नै हुन् ।
साना र प्रभावहीन हल्लाको पछाडि लगानीकर्ता दैडिने र नियमनकारी निकायले समयमा नै ति विषयको सम्बोधन गर्न नसक्दा सेयर वजारमा अस्वभाविक उतारचढाव आउने गरेको छ । अहिले उठेको भ्याट पनि लगाउनुपर्ने या लगाउनु नपर्ने विषय अझै अन्योलमा छ ।
सरकारको सबैभन्दा उच्च निकाय अर्थ मन्त्रालयले यसवारेमा स्पष्ट पार्न सकिरहेको छैन । भ्याट कसलाई कुन दरमा लगाउने, लगानीकर्ताले कसको कमीसनमा भ्याट तिर्ने या ब्रोकरले आफूले पाएको कमिसनमा पो भ्याट तिर्ने हो कि जस्ता प्रश्नको उत्तर अझ सम्म आएको छैन । अर्थ मन्त्रालय भने यस सन्दर्भमा एक शबद पनि बोलेको छैन ।
नेपाल स्टक एक्स्चेन्ज, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकले कसले यी प्रश्नको समाधान गर्ने हो लगानीकर्ता जान्न जिज्ञासु देखिन्छन् । यसको प्रभाव सेयर वजारमा परेको छ । गएको साता सेयर वजार परिसूचक नेप्से १ अंकले घटेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)ले तताएको सेयर वजार विस्तारै आफ्नो लयमा फर्किरहेको देखिन्छ ।
नेपालको सेयर वजार ससानो घटनाले समेत ठूलो परिवर्तन आउने गरेको छ । गहिरिएर अध्ययनभन्दा पनि क्षणिक हल्लाको पछाडी लगानीकर्ता दौडँदा अनावश्यक हैरानी तथा लाभहानी ब्यहोरिरहेको देखिन्छ ।
यसलाई अवसरको रुपमा ठूला लगानीकर्ताले उपयोग गरिरहेको देखिन्छ । ठूला लगानीकर्ता अस्वाभाविक बढ्दा आफ्नो सेयर वेचिरहेको पाइन्छ भने घटदा किनिरहेको देखिन्छ । तर साना लगानीकर्ता घट्दा आत्तिएर बेच्ने र बढ्दा हैसिएर किन्ने गरेका छन् । त्यसैले पनि ति लगानीकर्ता सँधै जोखिममा रहने गरेका छन् । आम्दानीको अनुपात नहेरी सस्तो भनी किन्ने अधिकांश लगानीकर्ताको बानी छ ।
गएको साताको सेयर बजारलाई हेर्दा अब केहि दिन सेयर उकालो लाग्ने देखिन्छ । किनकी बजारको सुधारमा धेरै कार्य हुने देखिन्छ । अनलाइन टे«डिङ सिस्टम, नेटिङमा आधारित राफसाफ, संस्थागत लगानीकर्ताको प्रवेशजस्ता नयाँ कार्यले सेयर बजार अझ बढ्ने संकेत गर्दछ ।
हुन त यसअघि पनि सेयर वजारको विकासमा केहि काम नभएको हैन तर विश्वभर नै सेयर बजार आधुनिक प्रणालीमा स्तरोन्नती हुँदा धेरै बढेको इतिहास छ । आधुनिक प्रणाली आउदा लगानीकर्ताले घरवाट नै सेयर किनबेच गर्न सक्ने छिटो राफसाफ हुने, पैसा सम्बन्धितको बैक खातामा नै पुग्ने हुन्छ । त्यसले लगानीकर्तामा आत्मविश्वास बढ्न जान्छ ।
नेपाल स्टक एक्सचेन्जले कातिक २१ गतेवाट सम्पूर्ण कारोवार तथा राफसाफ आधुनिक हुने घोषण गरिसकेको छ । आधुनिक प्रविधिसँगै सेयर बजारको कारोवार समय बढ्न सक्छ । संसारको जुनसुकै कुनावाट सेयर अर्डर गर्न सकिनेछ ।
अहिलेको समयमा नेपाली बजारमा लगानी गर्ने क्षेत्र वन्द जस्तै अवस्थामा छ । लगानीको क्षेत्रमध्येको घरजग्गा अत्यधिक महँगो र थोरै रकमले साना लगानीकर्ताले गर्न सक्दैनन् । सेयर वजारमा धेरै लगानीकर्ताको आकर्षण हुनुको कारण नै सानो रकम पनि लगानी गर्न पाउने अवसरले हो । पुँजी वजारमा थोरै रकमवाट पनि काम गर्न सकिन्छ ।
यससाता नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२ हजार २ सय ४५ कारोबारबाट ४ अर्ब २० करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरका एक करोड १४ लाख ३८ हजार ३ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५९.४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनीहरुको कारोबार भएको थियो ।
जसअनुसार २७ हजार ३२ कारोबारबाट २ अर्ब ६३ करोड ६५ लाख ४१ हजार रुपैयाँ बराबरका ७० लाख २३ हजार छ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले घटेर अन्तिम दिन १ हजार ५ सय ८२.६७ अंकमा पुगेको छ ।
क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७१ अंकले घटेर ३३६.०४ बिन्दुमा आइपुगेको छ । यससाता कारोबार रकम (३० करोड २९ लाख ४० हजार रुपैयाँ) को आधारमा नबिल बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (२७ लाख १५ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२७५८ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।