सेयर बजारमा संस्थागत सुधार आवश्यक

पछिल्ला दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । सरकारले ल्याएको श्वेतपत्रले पनि सेयर बजारलाई सतही अवस्थामा रहेको भनेपछि लगानीकर्ताको मनोबल झनै कमजोर भएको आइतबारको कारोबारले स्पष्ट हुन्छ । आइतबार मात्र सेयर बजार परिसूचक २४ अंकभन्दा धेरैले घटेको छ । राजनीतिक स्थायित्व र स्थिर सरकार आएको खण्डमा सेयर बजार बढ्ने अपेक्षा गरेका लगानीकर्ता स्थिर सरकार गठन भएपछि पनि लगानीकर्ताको मनोबल झनै कमजोर देखिएको छ । वित्तीय प्रणालीमा देखिएको कर्जा योग्य रकमको अभाव र उच्च ब्याजदरका कारण अर्थतन्त्रका हरेक क्षेत्र प्रभावित बनेका छन् । हाल १२ सयभन्दा तल झरेको नेप्से परिसूचक अझै घट्ने अवस्थामा देखिन्छ । सेयर बजारमा हकप्रद, बोनस तथा नयाँ निष्कासनका कारण धितोपत्रको आपूर्ति पनि बढेपछि नेप्से घट्दो क्रममा देखिएको हो । सेयर बजारका लगानीकर्ताको राहतका लागि मार्जिन कर्जाको सीमामा केही खुकुलो गर्नुपर्ने भनिए पनि दीर्घकालीन समाधान नभएको सरोकारवालाहरू बताउँछन् । २०७३ साउन १२ गते हालसम्मकै उच्च अंक १८८१ मा पुगेको नेप्से हाल ११९६ अंकमा झरिसकेको छ । वर्तमान सरकारको सेयर बजारप्रतिको नीति स्पष्ट नभएकाले पनि सेयर लगानीकर्ता केही त्रासमा देखिएका छन् । बजार घट्न थालेपछि डराएर बिक्री गर्ने र बढ्न थालेपछि आझै बढ्छ कि भनेर होल्ड गर्ने स्वभाव लगानीकर्तामा हुन्छ । पछिल्लो समयमा सेयर बजामा धितोपत्रको आपूर्ति बढी र खरिद गर्ने लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार निरन्तर घटिरहेको हो । सेयर बजार परिसूचक मात्र घटेको छैन, हरेक दिन धितोपत्रको दोस्रो बजारको आकार पनि साँघुरिँदै गएको छ । पछिल्लो समयमा देखिएको सेयर बजारको गिरावट र बजारको अवस्थाका बारेमा सरोकारवालाहरूसँग कारोबारले गरेको कुराकानीको सार :
लगानीकर्ताले बाध्य भएर सेयर बिक्री गरेका छन्
सीताराम थपलिया
निवर्तमान प्रमुख कार्यकारी अधिकृत
नेपाल स्टक एक्सचेन्ज
पछिल्लो समयमा पुँजीबजार वियरिस ट्रेन्डमा आउनुको मुख्य कारण भनेको मार्जिन कल हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमास समाप्ति नजिकिएपछि बैंक वित्तीय संस्थाले सेयर धितोमा दिएको कर्जाको ब्याजका लागि कल गर्न थालेका हुन् । त्यसका साथै सेयर बजार घट्दो क्रममा गएपछि सेयर मूल्यांकन कम भएकाले पनि पैसा तिर्नका लागि लगानीकर्तालाई बैंक वित्तीय संस्थाले कल गर्न थालेपछि घटेको हो । त्यसका साथै वित्तीय प्रणालीमा देखिएको उच्च ब्याजदर तथा कर्जा लगानी योग्य रकमको अभावले पनि सेयर बजार प्रभावित भएको हो ।
पछिल्लो समयमा अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर धेरै नै नकारात्मक व्याख्या गरिएको छ । अर्थमन्त्रीको अभिव्यक्तिभन्दा पनि अन्य अवस्थाले पनि सेयर बजार बढ्ने अवस्था नभएकाले वियरिस ट्रेन्डमा देखिएको हो । सेयर बजारमा नकारात्मक नै बोलेको भन्दा पनि श्वेतपत्रमा आएको भनिएको कुरा बजारको संस्थागत तथा नीतिगत सुधारको आवश्यकता औंल्याएको विषय सही हो । यसलाई नकारात्मक नै भन्न मिल्दैन कि रु बजारको विषयमा श्वेतपत्रमा अझै केही सम्बोधन गर्न सकिन्थ्यो ।
अहिले सेयरको मूल्य घटेको हुनाले मार्जिन कलका कारण लगानीकर्ताले बाध्य भएर सेयर बिक्री गर्न पर्ने अवस्थामा छन् । त्यसका लागि नियामक निकायले पहल गरेर मार्जिन ल्यान्डिङको सीमा केही खुकुलो बनाएमा बजारका लागि राम्रै हुन्छ । सेयर धितो कर्जा केही खुकुलो बनाएको खण्डमा मार्जिन कल कम हुन सक्छ । हालको बजारमा चलाख लगानीकर्ता छैनन् । सर्वसाधारण मात्र बजारमा रहेका हुनाले नियामक निकायले पनि पहल गरेर सर्वसाधारणलाइ रेस्क्यु गर्नुपर्ने अवस्था हो ।
हालको सकारात्मक पक्ष प्राथमिक बजारमा जनसहभागिता बढेको छ । लगानीकर्ता जागरण पनि बढेको छ । आईपीओमा पनि ठूलो रकम लगानी गर्नुपर्ने अवस्था छैन । प्राथमिक बजारमा लगानी गर्नका लागि दोस्रो बजारमा सेयर बिक्री गर्नुपर्ने अवस्था छैन । त्यसैले वित्तीय प्रणालीमा नगद प्रवाहको अवस्था सुधार हुनु आवश्यक छ । अझै जनसहभागिता बढाउने काम गर्नुपर्छ । यसका लागि संस्थागत सुधार गरेर नै सम्भव छ ।
मार्केट फन्डामेन्ट नै ट्र्याक छ
राकेश अडुकिया
सेयर लगानीकर्ता
पछिल्लो समयमा वित्तीय प्रणालीमा देखिएको कमजोरीले पुँजीबजारका लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । वित्तीय क्षेत्रमा निक्षेपको समस्या छ । बैंकहरूले आफैं निक्षेपका लागि तँछाडमछाड गरेका छन् । यो अवस्थामा सेयर बजारबाट पाउने प्रतिफलको आंकलन नै कमजोर भएकाले सेयर बिक्रीको चाप बढेको हो ।
बैंकहरूले चार गुणासम्म पुँजी बढाएका छन् । तर, आम्दानी गर्ने क्षेत्रमा विस्तार गर्न सकेका छैनन् । बैंकहरूले निक्षेपमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदरको मार्जिन कम भएको छ । त्यसले गर्दा प्रोफिट्याब्लिटीमा असर गर्ने निश्चित छ । नाफा नबढेपछि कम्पनीहरूले दिने प्रतिफिल पनि स्वभावैले कम हुन्छ । आगामी दिनमा सूचीकृत कम्पनीले दिने प्रतिफल विगतको तुलनामा नहुने भए पनि सेयर बजारबाट लगानीकर्ता बाहिरिन खोज्नु स्वाभाविक हो ।
अहिलेको पुँजी र विगतको प्रोफिट्याब्लिटीमा सेयर बजार घट्नु सामान्य हो । प्रतिफलको दर कम भयो । त्यसका साथै सेयर बजारमा आगामी दिनको प्रतिफललाई आंकलन गरेर गर्ने हो । भोलि नाफा आउने आंकलन नै गर्न नसक्ने अवस्था छ । अर्थमन्त्रीका कारण सेयर बजार घटेको भन्ने हल्ला मात्रै हो । नयाँ अर्थमन्त्री आएपछि बजारमा कुनै नयाँ नियम ल्याउनुभएको छैन । उहाँले गर्दा बजार घटेको भन्न मिल्दैन ।
सरकारले समयमा बजेट खर्च गरेर बजारमा नगद प्रवाह बढाउन सकेको खण्डमा सेयर बजारमा पनि सुधार आउने देखिन्छ । बजार घट्ने र बढ्ने सिजन भन्ने कुरा हुदैन । अहिले हामी चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा भएको हुनाले यो आवको प्रतिफल आकलन गर्न सकिने अवस्था छ । त्यसैले वित्तीय प्रणालीमा देखिएको कर्जा लगानीयोग्य रकमको अभाव र उच्च ब्याजदरमा सुधार नआएसम्ममा बजार फर्कने अवस्था छैन ।
मार्जिन ल्यान्डिङको सन्दर्भमा पनि बैंकले लिन सक्ने जोखिमअनुसार लगानी गर्नुपर्छ । मार्जिन कर्जासम्बन्धी हालको व्यवस्थालाई केही खुकुलो गरेको खण्डमा त्यो अल्पकालीन रूपमा काम गर्न सक्ला । तर, त्यसले दीर्घकालीन हुँदैन । मार्केट फन्डामेन्टमा आधारित भई लगानी गरेको खण्डमा बजार दीर्घकालीन सुधारतर्फ लाग्छ । बजालाई आफ्नै हिसाबले चल्न दिनुपर्छ । मार्जिन कर्जाको सिमाको सन्दर्भमा पनि सधै एउटै हुनुपर्छ । वित्तीय प्रणालमिा आएको समस्याले पुँजीबजारको फन्डामेन्टल लाइन नै गलत बाटोमा छ । बजारमा अरूले भनेर लगानी गर्नेभन्दा पनि आफूलाई हेरेर आफ्नो जोखिम बहन गर्ने क्षमता अध्ययन गरेर लगानी गर्नुपर्छ ।
तत्कालका लागि लगानीकर्तालाइ कर्जा उपलब्ध गाउन पहल गर्नु पर्छ
अमृतनाथ रेग्मी
सेयर विश्लेषक
सेयर बजार मात्र होइन समग्र अर्थतन्त्रको समस्या पहिचान भयो । तर, त्यसको समाधान आएन । जब सम्म समाधान आउदैन तव सम्म निश्चित गर्न सकिदैन । अर्थमन्त्रीले हालको अर्थतन्त्रको समस्याको पहिचान गर्नु भएको छ । त्यसंगै सेयर बजारको सन्दर्भमा पनि चासो देखाउनु भएको छ । आज नेप्सेको प्रमूख कार्यकारी संग कुरा गर्नु भएको छ । केहि दिनमा धितोपत्र बोर्डको अध्यक्षसंग कुरा गर्नु होला ।
वित्तीय बजारमा पैसाको कमी भएको कारण सेयर बजारमा पनि समस्यामा देखिएको हो । वित्तीय प्रणालीको समस्याले सेयर बजार मात्र होइन अर्थतन्त्रका धेरै पक्षलाइ असर गरेको छ । त्यो समस्याका लागि अर्थ मन्त्रालयले अन्तराष्ट्रिय बजारवाट पैसा ल्याउने प्रक्रिया सुरु गरेको छ । त्यो पैसा आएको खण्डमा बजारमा पैसाको उपलब्धा हुनेछ । अन्तराष्ट्रिय बजारवाट पैसा ल्याउदा भोली हाम्रो मुद्रा कमजोर हुन सक्छ । त्यसमा हेजीङ गर्नका लागि हाम्रा एजेन्सीहरु हजीङ गर्ने लेभलमा नै छैनन । त्यसका लागि सबैभन्दा सजीलो हेजीङ हो । खतरा पनि छ । यो सम्बन्धी काम अर्थमन्त्रालयल कसरी गर्छ भन्ने हो ।
अर्थतन्त्र अघि नवढेसम्म सेयर बजार वढ्दैन । मार्केटमा सेयर कारोबार मात्र हुन्छ । बण्ड मार्केट विकास हुन सकेको छैन । सरकारले वण्ड निष्कासन गर्न तर संस्थागत लगानीकर्ताले होल्ड गरेर बस्छन । वण्ड मार्केट आएको खण्डमा हालको मार्केटले हुदैन । त्यसका लागि संस्थागत लगानीकर्ताको पनि विकास गर्नु पर्छ ।
विदेशी पैसा नेपला आएपछि उत्पादन मूलक क्षेत्रमा मात्र लगानी गर्नु पर्छ । त्यसका लागि सुरक्षी र प्रभावकारी रुपमा कसरी ल्याउने भन्ने संयन्त्र पनि विकास गर्नु आवश्यक छ । विदेशी पैसा ल्याएपछि आयात मुखी या निर्यात मूखी के हो त्यो पनि स्पष्ट हुनु पर्छ । पैसा ल्याउने भन्ने तर त्यसका लागि आवश्यक संयन्त्र तयार नभएको हुाँदा झनै समस्या वढ्न पनि सकछ त्यसमा सोच्नु जरुरी छ ।
समयमा काम गर्ने संयन्त्र कहिले विकास गर्ने हो हामीले । यो निकै गाह्रो काम हो । उत्पादन मूलक कम्पनीहरु पनि दोस्रो बजारमा आउन खोजेका छन । उनीहरु कती मूल्यमा आउने भन्ने कुरा हुन्छ । त्यसका लागि आवश्यक प्रणाली विकास गर्नु पर्छ । हामीले धेरै समय परिक्षण मात्रै गर्यौ । अहिले स्थिर सरकार बनेको छ यो सरकारल आर्थिक राजनीतिलाइ पनि स्थापीत गर्नु पर्छ ।
मनि सप्लाइ वढको खण्डमा सेयर बजार फर्कन सक्छ । लगानीकर्ता लाइ भ्यालु एड कर लागाएको छ । यस्ता कुराहरुलाइ स्पष्ट गरी कारोबार कर लिने कानुनी व्यवस्था गरेको खण्डमा लगानीकर्ताको बजार प्रतिको विश्वास वढ्न जान्छ । बजारमा दिर्घकाली नर अल्पकालीन रुपमा लगानी गर्ने लगानीकर्ता छुट्याउनु पर्छ । दुबैलाई एकै व्याबहार बनाउनु दैन । सामुहीक लगानी कोषको भरोसा पनि तोडिन लागेको छ । त्यसमा पनि होसीयार हुनु पर्ने देखिन्छ । तत्कालका लागि सेयरमा लगानी गर्न कर्जा दिने व्यवस्था गर्नु पर्छ । तर, बैंकले घट्दो बजारमा लस हुने गरी कर्जा प्रदान गर्दैनन । कम्पनीको सम्पुर्ण जानकारी लिएर मात्र सेयरमा लगानी गर्नु पर्छ । बजार संग सम्बन्धी सुचनाका लागि तथ्याङक विश्लोषण गर्ने संस्था नै विकास गर्नु आवश्यक छ । रेटिङ एजेन्सीले मात्र हुदैन । बजारमा धितापपत्रको आपुर्ति पनि धेरै भएको हुनाले मूल्य घट्नु समान्य हो ।