काठमाडौंका ६ स्थानमा निःशुल्क वाइफाइ «

काठमाडौंका ६ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट अर्थात् फ्रि वाइफाइ सेवा दिने भएको छ । महानगरपालिकाले काठमाडौंको हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भू, बौद्ध, वसन्तपुर र शंखपार्कमा फ्रि वाइफाइ सेवा दिने भएको हो ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेसनले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने छ । महानगरपालिका र वल्र्ड लिंकबीच यससम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको हो । सम्झौताअनुसार वल्र्ड लिंकको लगानीमा हरेक स्थानमा १० एमबिपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ भने प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले चुनावी प्रतिबद्धताअनुसार काठमाडौंको मुख्य स्थानमा फ्रि वाईफाई सेवा संचालन गर्न लागेको बताए । उनले सेवाको प्रभाव विश्लेषणपछि थप स्थानमा पनि सेवा विस्तार गर्ने बताएका छन् । वाइफाइ जडानसम्बन्धी गरिएको अध्ययनअनुसार प्रयोगकर्ताले पशुपति क्षेत्रमा एक पटकमा २ सय देखि ७ सय जनासम्मले वाइफाइ प्रयोग गर्न सक्नेछन् भने बौद्धमा २ सय ५० जनादेखि ५ सय जना, शंखपार्कमा ५० देखि २ सय जना, बालाजुमा २ सय देखि ७ सय जना, स्वयम्भूमा २ सयदेखि ३ सय जना र वसन्तपुरमा २ सयदेखि ३ सय जनासम्मले सेवा लिन सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्